कृषि विकास बैंकको खुद ब्याज आम्दानीसँगै नाफा पनि बढ्यो

कृषि विकास बैंक लिमिटेड (ADBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ४२ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.६३ प्रतिशत बढी हो ।
गत आर्थिक वर्षको यहि अवधिमा बैंकले १ अर्ब ३२ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २९.९६ प्रतिशतले बढेर ३ अर्ब ७४ करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ ।

यस्तै बैंकको खुद फि तथा कमिशन आम्दानी २.४१ प्रतिशत र सञ्चालन मुनाफा ९.८८ प्रतिशतले बढेको छ । बैंकको इम्पेरमेन्ट चार्ज पनि समीक्षा अवधिमा २५ करोड २१ लाखबाट बढेर ६२ करोड १० लाख रुपैयाँ पुगेको छ ।

यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ८८ करोड १५ लाख रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी १८ अर्ब ६२ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १० अर्ब ४३ करोड रुपैयाँ संञ्चित छ ।

यस्तै बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ११ पैसा, प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ ४० पैसा र मूल्य आम्दानी अनुपात २२.३५ गुणा रहेको छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago