कृषि विकास बैंकको खुद ब्याज आम्दानीसँगै नाफा पनि बढ्यो

कृषि विकास बैंक लिमिटेड (ADBL) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले १ अर्ब ४२ करोड ५२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.६३ प्रतिशत बढी हो ।
गत आर्थिक वर्षको यहि अवधिमा बैंकले १ अर्ब ३२ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी २९.९६ प्रतिशतले बढेर ३ अर्ब ७४ करोड २७ लाख रुपैयाँ आर्जन गरेको छ ।

यस्तै बैंकको खुद फि तथा कमिशन आम्दानी २.४१ प्रतिशत र सञ्चालन मुनाफा ९.८८ प्रतिशतले बढेको छ । बैंकको इम्पेरमेन्ट चार्ज पनि समीक्षा अवधिमा २५ करोड २१ लाखबाट बढेर ६२ करोड १० लाख रुपैयाँ पुगेको छ ।

यस अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ८८ करोड १५ लाख रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी १८ अर्ब ६२ करोड रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १० अर्ब ४३ करोड रुपैयाँ संञ्चित छ ।

यस्तै बैंकको प्रतिशेयर आम्दानी १९ रुपैयाँ ११ पैसा, प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ ४० पैसा र मूल्य आम्दानी अनुपात २२.३५ गुणा रहेको छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago