ज्येष्ठ नागरिकले न्यानो कपडा पाएपछि सरकारको अनुभूति गर्दै ।

बाँके । बाँकेमा ज्येष्ठ नागरिकलाई चिसोबाट जोगाउन स्थानीय सरकारले न्यानो कपडा वितरण गरेपछि जनताले गाउँमै सरकारको अनुभूति गरेका छन् । बाँकेका स्थानीय तहले गाउँटोलमा पुगेर ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेपछि विपन्न वर्गका नागरिकले ठूलो राहत भएको अनुभूति गरेका छन् ।

सांकेतिक तस्बिर फाइल फोटो

गाउँपालिकाबाट न्यानो कपडा कम्बल प्राप्त गरेपछि डुडुवा गाउँपालिका–१ चौफेरी निवासी ९५ वर्षीय नन्कइ अहिरको मुहारमा उज्यालो छाएको छ । गाउँपालिकाले दिएको कम्बलले अब जाडोबाट जोगिन ठूलो सहयोग पुग्ने उनले बताए । गाउँपालिकाले ज्येष्ठ नागरिक सम्मान कार्यक्रमअन्तर्गत न्यानो सामग्री वितरण गरिरहेको छ । चिसोलाई मध्यनजर गर्दै गाउँपालिकाले ज्येष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामग्री र सामाजिक सुरक्षा भत्तासँगै वितरण गरिरहेको गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकाको वडा नं १ देखि ६ सम्मका ज्येष्ठ नागरिकलाई न्यानो कपडा कम्बल, च्यवनप्रास र सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । गाउँपालिकाले गाउँटोलबाटै ज्येष्ठ नागरिकलाई सवारीसाधनमार्फत घरबाटै ल्याउने र लैजाने व्यवस्था गरेको छ । गाउँपालिकाले वितरण गरेको न्यानो कपडाले अहिलेको चिसो मौसममा सुरक्षित रहन ज्येष्ठ नागरिकलाई मद्दत पुग्ने विश्वास अध्यक्ष चौधरीको छ ।

बाँकेको जानकी र खजुरा गाउँपालिकाले पनि न्यानो कपडा वितरण गरेर ज्येष्ठ नागरिकलाई सरकारको अनुभूति गराएका छन् । नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले टोलटोलमा दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्था मिलाएका छन् । बाँकेको जानकी गाउँपालिकाले छवटै वडामा रहेका गरिब, विपन्न, वृद्ध, अपाङ्गता भएका व्यक्तिलाई न्यानो कम्बल वितरण गरेको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिए।

उनले चिसो मौसममा अतिविपिन्न परिवारको पहिचान गरी गाउँपालिकाले सबै वडालाई समानरूपमा ४५ परिवारका दरले न्यानो कपडा कम्मल सहयोग गरेको जनाउँदै नागरिकका लागि गाउँपालिकाले जस्तोसुकै अवस्थामा पनि सहयोग गर्ने उल्लेख गरेका छन् । गाउँपालिकाका २७० ज्येष्ठ नागरिकलाई कम्बल सहयोग गरेको उनको भनाइ छ ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago