ज्येष्ठ नागरिकले न्यानो कपडा पाएपछि सरकारको अनुभूति गर्दै ।

बाँके । बाँकेमा ज्येष्ठ नागरिकलाई चिसोबाट जोगाउन स्थानीय सरकारले न्यानो कपडा वितरण गरेपछि जनताले गाउँमै सरकारको अनुभूति गरेका छन् । बाँकेका स्थानीय तहले गाउँटोलमा पुगेर ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेपछि विपन्न वर्गका नागरिकले ठूलो राहत भएको अनुभूति गरेका छन् ।

सांकेतिक तस्बिर फाइल फोटो

गाउँपालिकाबाट न्यानो कपडा कम्बल प्राप्त गरेपछि डुडुवा गाउँपालिका–१ चौफेरी निवासी ९५ वर्षीय नन्कइ अहिरको मुहारमा उज्यालो छाएको छ । गाउँपालिकाले दिएको कम्बलले अब जाडोबाट जोगिन ठूलो सहयोग पुग्ने उनले बताए । गाउँपालिकाले ज्येष्ठ नागरिक सम्मान कार्यक्रमअन्तर्गत न्यानो सामग्री वितरण गरिरहेको छ । चिसोलाई मध्यनजर गर्दै गाउँपालिकाले ज्येष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामग्री र सामाजिक सुरक्षा भत्तासँगै वितरण गरिरहेको गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकाको वडा नं १ देखि ६ सम्मका ज्येष्ठ नागरिकलाई न्यानो कपडा कम्बल, च्यवनप्रास र सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको छ । गाउँपालिकाले गाउँटोलबाटै ज्येष्ठ नागरिकलाई सवारीसाधनमार्फत घरबाटै ल्याउने र लैजाने व्यवस्था गरेको छ । गाउँपालिकाले वितरण गरेको न्यानो कपडाले अहिलेको चिसो मौसममा सुरक्षित रहन ज्येष्ठ नागरिकलाई मद्दत पुग्ने विश्वास अध्यक्ष चौधरीको छ ।

बाँकेको जानकी र खजुरा गाउँपालिकाले पनि न्यानो कपडा वितरण गरेर ज्येष्ठ नागरिकलाई सरकारको अनुभूति गराएका छन् । नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले टोलटोलमा दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्था मिलाएका छन् । बाँकेको जानकी गाउँपालिकाले छवटै वडामा रहेका गरिब, विपन्न, वृद्ध, अपाङ्गता भएका व्यक्तिलाई न्यानो कम्बल वितरण गरेको गाउँपालिकाका कार्यवाहक अध्यक्ष भूमिसरा धितालले जानकारी दिए।

उनले चिसो मौसममा अतिविपिन्न परिवारको पहिचान गरी गाउँपालिकाले सबै वडालाई समानरूपमा ४५ परिवारका दरले न्यानो कपडा कम्मल सहयोग गरेको जनाउँदै नागरिकका लागि गाउँपालिकाले जस्तोसुकै अवस्थामा पनि सहयोग गर्ने उल्लेख गरेका छन् । गाउँपालिकाका २७० ज्येष्ठ नागरिकलाई कम्बल सहयोग गरेको उनको भनाइ छ ।

Bishawas Acharya

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago