फाइल फोटो
एजेन्सी । आइसिसी पुरुष टी-२० विश्वकपकाे खेल तालिका सार्वजनिक भएकाे छ ।
आइसिसीले सार्वजनिक गरेकाे खेल तालिका अनुसार पहिलो चरण अन्तर्गत उद्घाटन खेलमा श्रीलंका र नामिबियाले प्रतिस्पर्धा गर्नेछन् ।याे खेल अक्टोबर १६ मा अस्ट्रेलियाकाे गिलोङस्थित कार्डिनिया पार्क स्टेडियममा हुनेछ । पहिलो चरणको समूह ‘ए’ मा नामिबिया र श्रीलंकासहित ग्लोबल छनोटबाट आउने दुई टिम रहने छन् ।समूह ‘बी’ मा स्कटल्यान्ड र वेस्ट इन्डिजसहित ग्लोबल छनोटबाट आउने दुई टिम हुनेछन् ।ओमान र जिम्बावेमा हुने ग्लाेबल छनाेटबाट चार टोलीले विश्वकपको यात्रा तय गर्नेछन् ।
प्रतियोगिताको सुपर १२ का खेलहरू भने अक्टोबर २२ बाट सुरु हुनेछन् । पहिलो खेलमा आयोजक अस्ट्रेलियाले न्युजिल्यान्डको सामना गर्नेछ । सुपर १२ अन्तर्गतको समूह एकमा अफगानिस्तान, अष्ट्रेलिया, इंग्ल्यान्ड र न्युजिल्यान्डसहित पहिलो चरणबाट आउने दुई टोली रहनेछन् ।समूह दुईमा बंगलादेश, भारत, पाकिस्तान र दक्षिण अफ्रिकासहित पहिलो चरणबाट आउने दुई टोली रहनेछन् ।समूह दुई अन्तर्गतको पहिलो खेल भारत र पाकिस्तानबीच २३ अक्टाेबरमा हुनेछ ।प्रतियाेगिता अक्टोबर १६ देखि नोभेम्बर १३ सम्म हुनेछ ।
खेल तालिका
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…