काठमाडौँ – आज देशभर प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका लागि निर्वाचन भएको छ। केही स्थानमा छिटफुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण रुपमा भएको निर्वाचन आयोगले जनाएको छ।
आयोगले निर्वाचनका लागि तोकेको समयावधि सकिएको छ। आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म निर्वाचनको समय तोकेको थियो। तर मतदानस्थल पुगेर लाइन लागिसकेका मतदाताले भने अझै भोट हाल्न पाउने छन्।
देशभरको अवस्था हेर्दा विगतको तुलनामा मतदातामा उत्साह कम देखिएको बताइएको छ। जसका कारण मतदान प्रतिशत निर्वाचन आयोगले अपेक्षा गरेअनुरुप नहुने आँकलन गरिएको छ।
निर्वाचन आयोगले १ बजे पत्रकार सम्मेलनमा ३२ प्रतिशत मतदान सम्पन्न भएको जानकारी गराएको थियो। तर गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको तुलनामा यसपटक मतदान केन्द्रमा मतदाताको उपस्थिति कम देखिएको छ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…