मतदानको निर्धारित समय सकियो

२०७९, ४ मंसिर आईतवार १७:५५

काठमाडौँ – आज देशभर प्रतिनिधि सभा र प्रदेश सभा सदस्य पदका लागि निर्वाचन भएको छ। केही स्थानमा छिटफुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण रुपमा भएको निर्वाचन आयोगले जनाएको छ।

आयोगले निर्वाचनका लागि तोकेको समयावधि सकिएको छ। आयोगले बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म निर्वाचनको समय तोकेको थियो। तर मतदानस्थल पुगेर लाइन लागिसकेका मतदाताले भने अझै भोट हाल्न पाउने छन्।

देशभरको अवस्था हेर्दा विगतको तुलनामा मतदातामा उत्साह कम देखिएको बताइएको छ। जसका कारण मतदान प्रतिशत निर्वाचन आयोगले अपेक्षा गरेअनुरुप नहुने आँकलन गरिएको छ।

निर्वाचन आयोगले १ बजे पत्रकार सम्मेलनमा ३२ प्रतिशत मतदान सम्पन्न भएको जानकारी गराएको थियो।  तर गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको तुलनामा यसपटक मतदान केन्द्रमा मतदाताको उपस्थिति कम देखिएको छ।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु