एमाले अध्यक्ष केपि शर्मा ओलीले गरे मतदान

२०७९, ४ मंसिर आईतवार १४:१५

काठमाडाैँ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले मतदान गरेका छन् ।

झापा क्षेत्र नम्बर- ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका ओलीले केहीबेरअघि भक्तपूरकाे सूर्यविनायक नगरपालिका- २ मा रहेकाे महेन्द्र शान्ति मावि केन्द्रबा‍ट मतदान गरेका हुन् । मतदान गर्न उनीसहित उनकी पत्नी  पनि त्यहाँ पुगेकी थिइन् ।

भक्तपुर- २ मा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेकाे तर्फबाट महेस बस्नेत र कांग्रेसका तर्फबाट दुर्लभ थापाबीच मुख्य प्रतिस्पर्धा हुँदैछ ।

आफैलाई मतदान गर्न नपाएका ओलीले मतदान गर्दा उम्मेदवार बस्नेत पनिसँगै मतदान दिन आएका थिए।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु