झापा , मंसिर ४। नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले मतदान गरेका छन् ।
प्रतिनिधिसभा सदस्यका लागि झापा क्षेत्र नम्बर ३ बाट गठबन्धनका साझा उम्मेदवार बनेका काँग्रेस नेता सिटौलाले भद्रपुर नगरपालिका– १० स्थित कलवलगुडी आधारभूत विद्यालयको (क) मतदान केन्द्रबाट आज बिहान ७ बजेर २० मिनेटमा मतदान गरेका हुन् ।
सिटौलाको झापा क्षेत्र नम्बर ३ निर्वाचन क्षेत्र भएकाले उनले आफूलाई मतदान गर्न पाएनन् । उनले झापा १ का उम्मेदवारलाई मतदान गरे । ७ बजे नै मतदान स्थल पुगेका सिटौला १५ मिनेट लाइनमा बस्नु परेको थियो ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…