११८ फुट अग्लो, नेपालकै पहिलो र ठूलो ॐकार स्तम्भ बिर्तामोडमा बन्दै

झापा,  सम्भवतःनेपालकै पहिलो र ठूलो ॐकार स्तम्भ झापाको बिर्तामोडमा ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । बिर्तामोड ३ विराटपोखरीस्थित विराट– भरत विश्रान्तिलाई बिर्तामोडका समाजसेवी डिल्ली प्रसाईले सो स्तम्भ निर्माण गरिदिन लागेका हुन् ।११८ फुट अग्लो र ३६÷३६ फुट गोलाई भएको स्तम्भको ७५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ ।

स्तम्भको भुइँ तलामा ॐकार समुदायका सबै जातजातिको पुस्तकालय हुनेछ । ॐकार परिवारका सबै जातजातिका लागि आफूले सो स्तम्भ निमाण गरिरहेको दाता प्रसाईले बताए । त्यस पुस्तकालयमा सबै जातजातिको धर्मग्रन्थहरु राखिने उनले बताए ।‘ पुस्तकालयमा सबै जातजातिका लागि एक–एकवटा बाकस राखिनेछ’ उनले भने ,‘ आ–आफ्ना जातिका बाकसमा उनीहरुको धर्मग्रन्थहरु राखिनेछ ।’ स्तम्भको सबैभन्दा टुप्पोमा मन्दिर रहनेछ ।

ॐजडित तामा र रुद्राक्षले निर्माण हुने त्यस मन्दिरमा दिव्यचक्र स्वरुप ११६ वटा शालिग्राम राखिनेछ । ती शालिग्रामहरु आफूले काली गण्डकीबाट खरिद गरेर ल्याएको प्रसाईले बताए ।‘नेपाल शालिग्रामको देश,बुद्धको देश भएको र ॐकार परिवारभित्र पर्ने सम्पूर्ण जातिको अपनत्व हुनेगरी सो स्तम्भ निर्माण गरिएको प्रसाईको भनाई छ ।

करिब एक करोडभन्दा बढी खर्च भइसकेको सो स्तम्भमा चढ्न भित्रपट्टि घुमाउरो सिँढी रहने छ भने बाहिरपट्टि लिफ्टको व्यवस्था गरिने छ । विराट– भरत विश्रान्ति र सो स्तम्भ एकै समयमा उद्घाटन गर्ने गरी निर्माण सम्पन्न गर्न लागिएको विराट– भरत विश्रान्तिका अध्यक्षसमेत रहेका प्रसाईले बताए । बृद्धाश्रमको रुपमा निर्माण हुन लागेको विराट– भरत विश्रान्तिको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ ।

अत्याधुनिक ३ वटा आवास गृह , एउटा भान्सा र एउटा सत्संग भवन निर्माण सम्पन्न हुन लागेको छ । ती भवनमा छाना , मार्बल ,टायल्स, ढोका ,झ्याल , ग्रिल, रंगरोकनलगायतका काम बाँकी रहेको छ । त्यस्तै गार्डेन ,बृद्धबृद्धाका लागि आबश्यक लत्ताकपडा , भाडावर्तन , खेलौना, हस्पिटललगायतको व्यवस्थापन बाँकी रहेको अध्यक्ष प्रसाईले बताए । उनले आवासको लागि अझै दुईवटा भवन निर्माण हुने जानकारी दिए ।

विराट– भरत विश्रान्तिमा साढे ३ करोडभन्दा बढी खर्च भइसकेको छ । बृद्धाश्रमका लागि समाजसेवी स्व. गिरीराज प्रसाईले २ विगाह ३ कठ्ठा जग्गा निःशुल्क प्रदान गरेकी थिइन् । त्यसबाहेक राजेश खड्काले ५० लाख , कृष्ण मिश्रले १५ लाखलगायतका दाताहरुले सहयोग गरेका छन् । त्यस जग्गामा आजीवन सदस्य र विभिन्न दाताहरुबाट संकलित रकमले निर्माण कार्य भइरहेको हो । संस्थामा २०७ जना आजीवन सदस्य छन् । कम्तीमा एक लाख रकम शुल्क तिरेर संस्थाको आजीवन सदस्य बन्न पाउने विधान रहेको छ ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago