मत परिणाम प्रत्येक घण्टामा निर्वाचन आयोगको सूचना प्रणालीमा राखिने

काठमाडौं: निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना र मत परिणाम प्रत्येक घण्टामा निर्वाचन आयोगको सूचना प्रणालीमा राखिने भएको छ ।

हरेक मतगणना स्थलबाट प्राप्त मत परिणामलाई मतगणनामा रहेका कर्मचारी, दल, उम्मेदवार र प्रतिनिधिले यकिन गरी सम्बन्धित मुख्य र निर्वाचन अधिकृतको कार्यालयले आयोगको सूचना प्रणालीमा प्रविष्ट हुने आयोगले जनाएको हो ।

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको आधिकारिक मत परिणामलाई सञ्चारमाध्यमले आफ्नो वेब पेज वा पोर्टलमा आबद्ध गर्न चाहेमा त्यसका लागि आयोगको परिणाम पोर्टलको लिङ्क (https;//result.election.gov.np) लाई झदभम गरी प्रकाशन गर्न सक्नेछन् । मतगणनाबारे आधिकारिकता पुष्टि नगरी गलत सूचना प्रवाह नगर्न र नगराउन पनि आयोगले सबै सञ्चारमाध्यमलाई आग्रह गरेको छ ।

मत परिणाम सम्बन्धी सूचनाको कार्यलाई सहज र प्रभावकारी बनाउन सबै मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधकिृत, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई निर्देशन दिने निर्णय भएको आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम पौडेलले प्रेसलाई जानकारी दिए । उनका अनुसार प्रत्येक मतगणना स्थलमा प्रेस कर्नरको स्थापना गरी पत्रकारका लागि सूचना प्राप्तिका लागि सहज पहुँच उपलब्ध गराउने र उक्त कार्यका लागि सम्बन्धित निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत वा अन्य कुनै कर्मचारीलाई सूचना अधिकारी तोकी सूचना प्रवाहमा आवश्यक सहजीकरण गर्न निर्देशन दिएको छ ।

मतगणना कार्यको सुरुआतमा एक पटक वा पालो मिलाएर भिडियो तथा फोटो पत्रकारलाई गणना स्थलको दृश्य र तस्बिर लिन सक्ने गरी आवश्यक प्रबन्ध गर्न निर्देशन दिएको छ । मतगणना स्थलमा राजनीतिक दल र उम्मेदवारको सहमतिका आधारमा माइकिङ वा डिस्प्ले वा अन्य माध्यमबाट मत परिणामको सूचना उपलब्ध गराउने आयोगले जनाएको छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago