काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गरेका छन् । आइतबार बिहान काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट उनले मतदान गरेका हुन् ।
सभापति लामिछानेले प्रदेश सभा सदस्यामा भने मत नखसालेको बताए। अहिलेको प्रदेश संरचनालाई नसुधारेसम्म मत आफू सहभागी नहुने उनको भनfइ थियो । अहिलेको प्रदेश सभा धेरै खर्चिलो र जनमुखी सेवा प्रवाह गर्ने नभएकाले प्रदेश सभामा आफू सहभागी नबनेको उनले बताए । चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार लामिछानेले मतदाता नामावलीमा नाम चितवनमा नभएकाले आफूले आफैंलाई मत हाल्न पाएनन्। भोट खसालिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूले जितेमा देश समृद्ध, सुशासित हुने प्रतिवद्धता जनाए । ‘प्रदेश संरचनामा हामीले प्रश्न उठाएका छौँ । हाम्रो चुनाव चिह्न पनि छैन, हामी सहभागी छैनौँ,’ उनले भने, ‘खारेजीको कुरा होइन, गरेका छैनौँ तर सुधारौँ । हामीले सोचेजस्तो देश र जनताको हीतमा भए मात्रै हामी सहभागी हुन्छौँ । हामीले जितेमा देश समृद्ध, सुशासन हुनेछ । नागरिकले दुःख पाउने छैनन् । अन्य मुलुकजस्तै यो मुलुक पनि समृद्ध हुनेछ ।’
उनले देशलाई आफूले जिते अन्य मुलुकजस्तै समृद्ध बनाउने दाबी गर्नुभयो ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…