उपत्यकामा निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी पूरा: ५२७ मतदानस्थल

काठमाडौँ – आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काठमाडौँ उपत्यकामा सुरक्षा व्यवस्थाको सम्पूर्ण तयारी पूरा भएको छ।

काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरमा निर्वाचनको सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूरा भएको महानगरीय प्रहरी प्रवक्ता एसपी सन्तोष सिंह राठौरले बताएका छन्।उनका अनुसार आम निर्वाचनका लागि नेपाल पुलिसका तर्फबाट १० हजार सुरक्षाकर्मी काठमाडौँ उपत्यकामा खटाइएको छ।

उनी भन्छन्, ‘१० हजार सुरक्षाकर्मी काठमाडौँ उपत्यकामा खटाइएको छ। जुन म्यादी प्रहरी र नेपाल पुलिसको मात्रै संख्या हो।’ मतदानस्थलमा पुग्नुपर्ने सम्पूर्ण प्रहरीहरु पुगिसकेको उनले बताए।

‘मतदानस्थल पुग्नुपर्ने सम्पूर्ण प्रहरीहरु पुगिसक्नु भएको छ, पुर्‍याइसकेका छौँ। मतदानका लागि आवश्यक मतपत्रलगायतका सामग्रीहरु पनि पुगिसकेका छन्,’ उनी भन्छन्, ‘चुनावमा खटिने सुरक्षाकर्मीको सहयोगको लागि आवश्यक सामग्रीहरुको व्यवस्था पनि हामीले गरिसकेका छौँ।’

चुनावमा हुने सम्पूर्ण सुरक्षाका लागि तयार भएको उनले बताएका छन्। साथै सम्पूर्ण मतदानस्थलहरुसमेत तयारी भइसकेको उनले बताएका छन्।

काठमाडौँ उपत्यकामा कुनै पनि अति संवेदनशील मतदानस्थल नरहेको उनले बताएका छन्।

‘काठमाडौँमा जम्मा ५२७ मतदानस्थल रहेका छन्। जसमध्ये कुनै पनि अति संवेदनशील भनेर तोकिएको छैन,’ उनी भन्छन्, ‘सम्पूर्ण सुरक्षा व्यवस्था पूरा भइसकेको छ। सम्पूर्ण उपत्यकावासीलाई निर्धक्क भएर मतदान गर्न आग्रह पनि गरेका छौँ।’

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago