उपत्यकामा निर्वाचन सुरक्षाको सम्पूर्ण तयारी पूरा: ५२७ मतदानस्थल

काठमाडौँ – आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि काठमाडौँ उपत्यकामा सुरक्षा व्यवस्थाको सम्पूर्ण तयारी पूरा भएको छ।

काठमाडौँ उपत्यकाका काठमाडौँ, भक्तपुर र ललितपुरमा निर्वाचनको सम्पूर्ण सुरक्षा व्यवस्थाको तयारी पूरा भएको महानगरीय प्रहरी प्रवक्ता एसपी सन्तोष सिंह राठौरले बताएका छन्।उनका अनुसार आम निर्वाचनका लागि नेपाल पुलिसका तर्फबाट १० हजार सुरक्षाकर्मी काठमाडौँ उपत्यकामा खटाइएको छ।

उनी भन्छन्, ‘१० हजार सुरक्षाकर्मी काठमाडौँ उपत्यकामा खटाइएको छ। जुन म्यादी प्रहरी र नेपाल पुलिसको मात्रै संख्या हो।’ मतदानस्थलमा पुग्नुपर्ने सम्पूर्ण प्रहरीहरु पुगिसकेको उनले बताए।

‘मतदानस्थल पुग्नुपर्ने सम्पूर्ण प्रहरीहरु पुगिसक्नु भएको छ, पुर्‍याइसकेका छौँ। मतदानका लागि आवश्यक मतपत्रलगायतका सामग्रीहरु पनि पुगिसकेका छन्,’ उनी भन्छन्, ‘चुनावमा खटिने सुरक्षाकर्मीको सहयोगको लागि आवश्यक सामग्रीहरुको व्यवस्था पनि हामीले गरिसकेका छौँ।’

चुनावमा हुने सम्पूर्ण सुरक्षाका लागि तयार भएको उनले बताएका छन्। साथै सम्पूर्ण मतदानस्थलहरुसमेत तयारी भइसकेको उनले बताएका छन्।

काठमाडौँ उपत्यकामा कुनै पनि अति संवेदनशील मतदानस्थल नरहेको उनले बताएका छन्।

‘काठमाडौँमा जम्मा ५२७ मतदानस्थल रहेका छन्। जसमध्ये कुनै पनि अति संवेदनशील भनेर तोकिएको छैन,’ उनी भन्छन्, ‘सम्पूर्ण सुरक्षा व्यवस्था पूरा भइसकेको छ। सम्पूर्ण उपत्यकावासीलाई निर्धक्क भएर मतदान गर्न आग्रह पनि गरेका छौँ।’

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago