२३ वर्षपछि सडक कालोपत्रको काम सुरु भयो

म्याग्दी- ट्र्याकमार्ग खोलेको २३ वर्षपछि म्याग्दीको रत्नेचौर-भकुण्डे-भकिम्ली सडक कालोपत्रे गर्न आयोजना सुरु भएको छ।भौतिक पूर्वाधार मन्त्रालयले बेनी नगरपालिकाको वडा नम्बर १ रत्नेचौरको उपल्लाचौरदेखि अर्जम, वडा नम्बर २ को ज्यामरुककोट, स्यानालेक, तोराखेत हुँदै वडा नम्बर ३ भकिम्ली जोड्ने सडक स्तरोन्नतिको काम थालेको हो।

एक निर्वाचन क्षेत्र एक सडक आयोजनामा समावेश भएको यो सडक कालोपत्रका लागि ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले प्रारम्भिक चरणको काम थालेको बेनी-१ का वडाध्यक्ष टेकबहादुर थापाले जानकारी दिए।

भकुण्डे र उपल्लाचौर क्षेत्रमा डोजरले सडक फराकिलो बनाउने र मजदुरबाट पर्खाल, नालि निर्माण गर्न लागेको हो।

विसं २०५६ मा मार्ग खोलिएको बेनी नगरपालिकाको १, २ र ३ नम्बर वडाका बासिन्दाले प्रयोग गर्ने यो सडक सामान्य मर्मतको भरमा यातायात सञ्चालन हुँदै आएको थियो। सडक निर्माणका लागि विसं २०७९ भदौ ६ गते गजेन्द्र-नयाँबाटो जेभी र सडक डिभिजन कार्यालय बागलुङबीच भ्याटबाहेक २३ करोड ३२ लाखमा ठेक्का सम्झौता भएको थियो।

तोकिएको ३० महिनाको अवधिभित्र सडक निर्माणको काम सक्ने तयारीसहित उपकरण र मजदुर परिचालन गर्ने निर्माण कम्पनीका सञ्चालक अरुण सेढाईले बताए।

सडकलाई नौ मिटर फराकिलो बनाएर सात किलोमिटर डिबिएसडी प्रविधिको कालोपत्रे र दुई किलोमिटर आरसिसी ढलान गर्ने सम्झौता भएको छ।

यसैगरी घुम्ती तथा मोड सुधार र ग्रेड मिलाउने काम पनि गरिनेछ। हाल चारदेखि पाँच मिटर फराकिलो सडक हिउँदमा धुलाम्मे र हिउँदमा हिलाम्मे हुने समस्या छ।

सङ्घीय सरकारले प्रत्यक्ष निर्वाचित सांसदको सिफारिसमा सबै निर्वाचन क्षेत्रमा एक-एक वटा रणनीतिक महत्वको सडक आयोजना सञ्चालन गर्न ४०-४० करोड विनियोजन गरेको थियो।

निवर्तमान सांसद भूपेन्द्रबहादुर थापाले म्याग्दीका प्रमुख तीन रणनीतिक सडक मध्य कुनै पनि कार्यक्रममा नसमेटिएको र बागलुङको ताराखोला गाउँपालिकासँग जोड्ने भएकाले रत्नेचौर-भकुण्डे-भकिम्ली-बरंजा सडक आयोजनालाई सिफारिस गरेको बताए।

‘बेनी-दाना सडक कालीगण्डकी कोरीडोर र बेनी-दरवाङ सडक प्रदेश सरकारको कार्यक्रममा छ’, उनले भने, ‘आर्थिक वर्ष २०५५/५६ मा खनिएको यो जिल्लाको अर्को रणनीतिक महत्त्वको सडक भएकाले स्तरोन्नतिका लागि सिफारिस गरिएको हो।’

पहिलो चरणमा उपल्लाचौरदेखि बेनी नगरपालिकाको वडा नम्बर ३ तोराखेतसम्म नौ किलोमिटर दूरीमा कालोपत्रे गर्ने लक्ष्य छ। भकिम्ली-बरङ्जा-अर्मनको किमचौर हुँदै ताराखोलासम्म मार्ग खोलिसकिएको छ। यसअघि सङ्घीय सरकारकै बजेटबाट सडकको प्रवेशबिन्दुमा पर्ने रत्नेचौरदेखि उपल्लाचौरसम्म एक किलोमिटर तीन सय मिटर कालोपत्र र तीन सय मिटर सडक ढलान गरिएको थियो।

सडक कालोत्रप भएपछि रत्नेचौर, उपल्लाचौर, सालघारी, अर्जम, फापरखेत, भकुण्डे, स्यानालेक, तोराखेत र भकिम्लीका बासिन्दालाई निकासी, ढुवानी र आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ।

Sanjay poudyal

Recent Posts

बिर्तामोडका युवा उद्यमी विनोद बस्नेत असामयिक निधनले बिर्तामोड स्तब्ध बस्नेत घरमै मृत फेला

बिर्तामोड, झापा — झापा गोल्डकपका पूर्वअध्यक्ष तथा बिर्तामोडका चर्चित युवा उद्यमी विनोद बस्नेत आफ्नै निवासमा…

56 years ago

बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा

बिर्तामोड- झापाको बिर्तामोडमा क्राइटेरियन एजुकेशन फाउण्डेशन सञ्चालनमा आएको छ । नयाँ वर्षको थालनीसँगै बिर्तामोडमा क्राइटेरियन…

56 years ago

त्रिभुवन विश्वविद्यालय र जापानी सहकार्यमा प्रविधिमैत्री संगीत पाठ्यक्रम: एआईमार्फत नेपाली कला-संस्कृतिको विश्विकरण

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयले जापानको युनिभर्सिटी अफ इन्फरमेटिक्स कोतो (केसीजीआई)  सँगको सहकार्यमा प्रविधिमैत्री संगीतसम्बन्धी नयाँ…

56 years ago

आमाको मुख हेर्ने पर्व : ममता, श्रद्धा र आशीर्वादको दिव्य उत्सव

काठमाडौँ – आमाको मुख हेर्ने पर्व : श्रद्धा, भक्ति र आशीर्वादको अनुपम अवसर हरेक वर्ष…

56 years ago

बिर्ताबजारमा नयाँ पार्क निर्माणको थालनी : हरित बिर्तामोड अभियानमा सक्रिय सहभागिता

बिर्तामोड , २०८०, २२ जेष्ठ सोमबार बिर्ताबजार स्थित महेन्द्ररत्न माध्यमिक विद्यालय अगाडि विश्व वातावरण दिवसका…

56 years ago

मञ्जु ओली मञ्जुश्री अशाहाय संरक्षण केन्द्र झापा शाखाको नयाँ अध्यक्षमा चयन

झापा। मञ्जुश्री अशाहाय संरक्षण केन्द्र, झापा शाखाको नेतृत्वमा नयाँ ऊर्जा थपिँदै मञ्जु ओलीले अध्यक्ष पद…

56 years ago