काठमाडाैँ – टेलिभिजन रियालिटी शो ‘सेफ नेपाल’को मास्टर जजमा सन्तोष साह अनुबन्धित भएका छन् । कुल १८ वटै एपिसोड बन्ने उक्त शाेका सबै एपिसोडमा सन्ताेष मुख्य निर्णायककाे भूमिकामा रहनेछन् ।
निर्माण पक्षका अनुसार शाे कात्तिक तेस्रो सातादेखि छायाँकन गरिने तयारी छ। यसकाे लागि बेलायतमा रहेका सेफ साह हाल नेपाल आइपुगेका छन् । बीबीसी मास्टरसेफ रियालिटी शोबाट विश्वचर्चित बनेका साहले उक्त शोको रिम्याच उपाधि पनि जितेका थिए । सेफ नेपालमा लक्ष्मण भण्डारी र गणेश ढकाल जजको रुपमा छन् ।
यस्तै, उक्त शाेमा अभिनेत्री प्रियंका कार्की सेलिव्रिटी जज तथा कार्यकारी निर्मात्रीको रुपमा रहनेछिन्। निर्माण पक्षका अनुसार शोमा ८० जना प्रतिस्पर्धीले भाग लिनेछन् । उक्त शाे हिमालय टिभीबाट प्रसारण हुनेछ ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…