पाथीभरामा जबरजस्ती केबलकार नबनाउन माग

ताप्लेजुङ: किरात याक्थुम चुम्लुङ र मुक्कुमलुङ संघर्ष समितिले पाथीभरामा जबरजस्ती केबलकार नबनाउन माग गरेका छन् । सदरमुकाम फुङलिङमास्थित पत्रकार महासंघको कार्यालयमा पत्रकार सम्मेलन गर्दै किरात याक्थुम चुम्लुङकी जिल्ला अध्यक्ष इन्दिरा मेन्याङवोले जबरजस्ती केबलकार निर्माण नगर्न माग गरिन् ।

नगरपालिकाले केबलकार निर्माणको म्याद थप गरिदिएपछि चुम्लुङ र संघर्ष समितिले विज्ञप्ति जारी गर्दै यदि केबलकार निर्माण गरिए आफूहरू त्यसको विरोधमा उत्रिने जनाएका छन् । उनीहरूले याक्थुङ लिम्बूहरूको मुन्धुमी पवित्र स्थल भएको र केबलकार निर्माण गर्नाले पर्यावरणमा समेत गम्भीर असर पर्ने भएकाले निर्माण गर्नु उपयुक्त नहुने दाबी गर्दै आएका छन् ।

नगरपालिकाले असार २९ गतेको कार्यपालिका बैठकले केबलकार सञ्चालन अनुमतिसम्बन्धी कार्यविधि संशोधन गरेको थियो । कार्यपालिकाको निर्णय राजपत्रमा प्रकाशित भएपछि असार ३० गते पाथीभरा माता केबलकार कम्पनीले म्याद थप गरेको हो ।

२०७५ सालमा पहिलो पटक बनाइएको कार्यविधिमा म्याद थपको परिकल्पना नभएकाले संशोधन गरिएको नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले जानकारी दिए । उक्त कार्यविधिमा चार वर्षमा निर्माण सम्पन्न गरी ३० वर्षसम्म सञ्चालन गर्ने उल्लेख छ ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago