दाङ: दाङमा सम्बन्धविच्छेदका मुद्दा बढ्दै गएका छन् । आर्थिक वर्ष २०७८/७९ मा जिल्ला अदालतमा परेका ४ हजार ७ सय ९९ मध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदका १ हजार ३ सय ७९ मुद्दा छन् ।
गत वर्षबाट जिम्मेवारी सरी आएका ३ सय ४१ र यस वर्ष दर्ता भएका १ हजार ३८ मुद्दा रहेको जिल्ला अदालतका श्रेस्तेदार हिरण्यलाल भण्डारीले बताए । तीमध्ये यस वर्ष १ हजार ३१ मुद्दा टुंगिएको र अझै ३ सय ४८ मुद्दा बाँकी रहेको उनले जानकारी दिए ।
वैदेशिक रोजगार, गरिबी र अशिक्षाका कारण सम्बन्धविच्छेद बढिरहेको जिल्ला अदालतका मुख्य न्यायाधीश रितेन्द्र थापाले बताए । ‘सम्बन्धविच्छेदका मुद्दा सबैभन्दा बढी परेका छन् । हरेक वर्ष यो समस्या देखिइरहेको छ,’ उनले भने, ‘हामी सकभर घर–परिवार नटुक्रियोस् भन्ने चाहन्छौं । मिलापत्रका लागि पठाउँछौं तैपनि सम्बन्ध विच्छेद गर्न राजी भएपछि गर्नैपर्ने हुन्छ ।’ कतिपय घटनामा सम्बन्धविच्छेद गर्दा नै एकअर्कालाई सुरक्षा र सहज हुने अबस्था हुने गरेको उनले बताए । ‘रातदिन कुटपिट गर्ने, खानलाउन नदिने, यातना दिने गरेका घटनामा बरू केही सम्पत्ति चाहिंदैन, छोराछोरी म नै पाल्छु, एक्लै बस्दा नै राम्रो हुन्छ भन्छन्,’ थापाले भने ।
सम्बन्धविच्छेदका मुद्दा फिर्ता लिने संख्या भने निकै कम रहेको उनले बताए । तीन वर्षको कार्यकालमा तीनवटा जोडीको मात्रै मुद्दा फिर्ता भएको उनले जानकारी दिए । सम्बन्ध विच्छेदलगायत अन्य मिल्न सकिने मुद्दामा पनि मेलमिलाप गर्न प्रोत्साहन गर्ने गरेको थापाले बताए । यस वर्ष ८ सय ९ मुद्दा मेलमिलापका लागि पठाएकामा १ सय ५६ मा मिलापत्र भएको र ५ सय ६३ असफल भएको उनले बताए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…