आसाम डाउन टाउन युनिभर्सिटीद्वारा पाँच करोड भारुको छात्रवृत्ति

बिर्तामोड , आसाम डाउन टाउन युनिभर्सिटीले नेपाली विद्यार्थीहरुका लागि पाँच करोड भारतीय रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा गरेको छ । यसै शैक्षिक सत्र सन् २०२२/२३ मा आसाम डाउन टाउन युनिभर्सिटीले पहिलोपल्ट सयजना नेपाली विद्यार्थीलाई लक्षित गरी यति ठूलो र राम्रो छात्रवृत्ति योजना ल्याएको हो।

यो अवसरलाई नेपालका विद्यार्थीले प्राप्त गर्न सकून् भनेर यसको प्रचारप्रसारलाई तीब्र पारिएको आसाम डाउन टाउन युनिभर्सिटीका नेपाल कोअर्डिनेटर तथा लक्ष्मी एजुकेशनल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक शंकर भट्टराईले बताए । बिर्तामोडमा पत्रकार सम्मेलन गरी उनले एसईईदेखि माथि स्नातकोत्तर तहसम्मका लागि यो छात्रवृत्ति योजना लागू गरिएको हुँदा इच्छुक विद्यार्थीले अनलाइनमार्फत निःशुल्क रुपमा यही साउन ११ गतेभित्र आवेदन भरेर युनिभर्सिटीमा पठाइसक्नु पर्ने बताउँदै यही साउन १३ गते युनिभर्सिटीबाट लिइने अनलाइन कमन स्कलरशीप टेस्टमा सामेल हुनुपर्ने जानकारी दिए । सो टेस्टको प्राप्तांकका आधारमा शतप्रतिशत र आंशिक छात्रवृत्तिको नतिजा प्रकाशन गरिनेछ। यो छात्रवृत्ति योजनामा विश्वविद्यालयको होस्टेल खर्च समावेश हुने छैन । चारवटा क्याटोगरीमा ती छात्रवृत्ति वितरण गरिने छ । पहिलो क्याटोगरीमा २५ जनाले छात्रवृत्ति पाउने छन् । उनीहरुलाई पछि फिर्ता हुनेगरी १० हजार सेक्युरिटी शुल्क र १० हजार प्रोसेसिङ शुल्क मात्र लाग्नेछ । त्यस्तै दोस्रो क्याटोगरीमा पनि २५ जना नै छानिनेछन् । ती विद्यार्थीहरुलाई पछि फिर्ता हुनेगरी १० हजार सेक्युरिटी शुल्क र ३० हजार प्रोसेसिङ शुल्क तोकिएको छ भने तेस्रो क्याटोगरीमा छानिने २५ जनालाई १० हजार सेक्युरिटी शुल्क र ७० हजार प्रोसेसिङ शुल्क निर्धारण गरिएको भट्टराईले जनाए । त्यस्तै चौथो क्याटोगरीमा ५० प्रतिशत ट्युशन शुल्कमा २५ जना विद्यार्थीहरुलाई पढाइने उनले जानकारी दिए ।

विगत महाभूकम्पका बेला ४० जना नेपाली विद्यार्थीलाई सो युनिभर्सिटीले निःशुल्क अध्ययन गराएको थियो । वर्षेनि विभिन्न शीर्षकअन्तर्गत छात्रवृत्ति दिँदै आएको सो विश्वविद्यालयले सन् २०१७ को अगस्ट ११ र १२ तारिखमा काठमाडौंको महेन्द्र पुलिस क्लवमा लक्ष्मी एजुकेशनल कन्सल्टेन्सीसंग मिलेर अन्तर्राष्ट्रिय रोजगार मेला आयोजना गरेको थियो । जसमा २३ वटा नेपालका र २ वटा भारतीय रोजगारदाता कम्पनी सहभागी थिए । यसबाट ३५० भन्दा बढी नेपाली युवा लाभान्वित भएका थिए।

आसाम डाउन टाउन युनिभर्सिटीको स्थापनाको पहिलो वर्षदेखि नै नेपालमा लक्ष्मी एजुकेशनल कन्सल्टेन्सीले पार्टनर अर्गनाइजेसनको रुपमा प्रवद्र्धनात्मक कार्य गर्दै आएको छ । लक्ष्मी एजुकेशनलमार्फत ५०० भन्दा बढी नेपाली विद्यार्थीले त्यहाँबाट सफलतापूर्वक अध्ययन पूरा गरिसकेको प्रबन्ध निर्देशक भट्टराईले जानकारी दिए ।

आसाम डाउन टाउन युनिभर्सिटी उत्तरपूर्वी भारतको सबैभन्दा ठूलो र सविधासम्पन्न विश्वविद्यालय हो । आसामको राजधानी गुवाहाटीस्थित ब्रह्मापुत्र नदीको किनारमा ५८ एकडको विशाल जमिनमा यो युनिभर्सिटीको भौतिक संरचना निर्माण भएको छ । सन् २०१० मा वरिष्ठ डा. एन.एन. दत्ताले डाउन टाउन च्यारिटी ट्रस्टबाट यस युनिभर्सिटीको स्थापना गरेका हुन् । पूर्वोत्तर भारतमै सबैभन्दा बढी प्लेसमेन्ट दिने विश्वविद्यालयको रुपमा परिचित त्यहाँ ८ हजारभन्दा बढी विद्यार्थीले ६० वटा प्रोग्राम र २५० फ्याकल्टीमा अध्ययन गरिरहेका छन्। यस युनिभर्सिटीमा एसईई पछिको मेडिकल साइन्ससँग सम्बन्धित तीन वर्षे डिप्लोमा कोर्स, प्लस टु पछिको मेडिकल ( पारामेडिकल, नर्सिङ, फार्मेसी आदि), इन्जिनियरिङ, आइटी, मानविकी, वाणिज्यलगायत ६० भन्दा बढी फ्याकल्टीका कोर्षहरु पढाई हुने गर्दछ। विभिन्न विषयमा स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहको अध्ययन हुने गरेको छ ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago