आसाम डाउन टाउन युनिभर्सिटीद्वारा पाँच करोड भारुको छात्रवृत्ति

बिर्तामोड , आसाम डाउन टाउन युनिभर्सिटीले नेपाली विद्यार्थीहरुका लागि पाँच करोड भारतीय रुपैयाँ बराबरको छात्रवृत्ति घोषणा गरेको छ । यसै शैक्षिक सत्र सन् २०२२/२३ मा आसाम डाउन टाउन युनिभर्सिटीले पहिलोपल्ट सयजना नेपाली विद्यार्थीलाई लक्षित गरी यति ठूलो र राम्रो छात्रवृत्ति योजना ल्याएको हो।

यो अवसरलाई नेपालका विद्यार्थीले प्राप्त गर्न सकून् भनेर यसको प्रचारप्रसारलाई तीब्र पारिएको आसाम डाउन टाउन युनिभर्सिटीका नेपाल कोअर्डिनेटर तथा लक्ष्मी एजुकेशनल कन्सल्टेन्सीका प्रबन्ध निर्देशक शंकर भट्टराईले बताए । बिर्तामोडमा पत्रकार सम्मेलन गरी उनले एसईईदेखि माथि स्नातकोत्तर तहसम्मका लागि यो छात्रवृत्ति योजना लागू गरिएको हुँदा इच्छुक विद्यार्थीले अनलाइनमार्फत निःशुल्क रुपमा यही साउन ११ गतेभित्र आवेदन भरेर युनिभर्सिटीमा पठाइसक्नु पर्ने बताउँदै यही साउन १३ गते युनिभर्सिटीबाट लिइने अनलाइन कमन स्कलरशीप टेस्टमा सामेल हुनुपर्ने जानकारी दिए । सो टेस्टको प्राप्तांकका आधारमा शतप्रतिशत र आंशिक छात्रवृत्तिको नतिजा प्रकाशन गरिनेछ। यो छात्रवृत्ति योजनामा विश्वविद्यालयको होस्टेल खर्च समावेश हुने छैन । चारवटा क्याटोगरीमा ती छात्रवृत्ति वितरण गरिने छ । पहिलो क्याटोगरीमा २५ जनाले छात्रवृत्ति पाउने छन् । उनीहरुलाई पछि फिर्ता हुनेगरी १० हजार सेक्युरिटी शुल्क र १० हजार प्रोसेसिङ शुल्क मात्र लाग्नेछ । त्यस्तै दोस्रो क्याटोगरीमा पनि २५ जना नै छानिनेछन् । ती विद्यार्थीहरुलाई पछि फिर्ता हुनेगरी १० हजार सेक्युरिटी शुल्क र ३० हजार प्रोसेसिङ शुल्क तोकिएको छ भने तेस्रो क्याटोगरीमा छानिने २५ जनालाई १० हजार सेक्युरिटी शुल्क र ७० हजार प्रोसेसिङ शुल्क निर्धारण गरिएको भट्टराईले जनाए । त्यस्तै चौथो क्याटोगरीमा ५० प्रतिशत ट्युशन शुल्कमा २५ जना विद्यार्थीहरुलाई पढाइने उनले जानकारी दिए ।

विगत महाभूकम्पका बेला ४० जना नेपाली विद्यार्थीलाई सो युनिभर्सिटीले निःशुल्क अध्ययन गराएको थियो । वर्षेनि विभिन्न शीर्षकअन्तर्गत छात्रवृत्ति दिँदै आएको सो विश्वविद्यालयले सन् २०१७ को अगस्ट ११ र १२ तारिखमा काठमाडौंको महेन्द्र पुलिस क्लवमा लक्ष्मी एजुकेशनल कन्सल्टेन्सीसंग मिलेर अन्तर्राष्ट्रिय रोजगार मेला आयोजना गरेको थियो । जसमा २३ वटा नेपालका र २ वटा भारतीय रोजगारदाता कम्पनी सहभागी थिए । यसबाट ३५० भन्दा बढी नेपाली युवा लाभान्वित भएका थिए।

आसाम डाउन टाउन युनिभर्सिटीको स्थापनाको पहिलो वर्षदेखि नै नेपालमा लक्ष्मी एजुकेशनल कन्सल्टेन्सीले पार्टनर अर्गनाइजेसनको रुपमा प्रवद्र्धनात्मक कार्य गर्दै आएको छ । लक्ष्मी एजुकेशनलमार्फत ५०० भन्दा बढी नेपाली विद्यार्थीले त्यहाँबाट सफलतापूर्वक अध्ययन पूरा गरिसकेको प्रबन्ध निर्देशक भट्टराईले जानकारी दिए ।

आसाम डाउन टाउन युनिभर्सिटी उत्तरपूर्वी भारतको सबैभन्दा ठूलो र सविधासम्पन्न विश्वविद्यालय हो । आसामको राजधानी गुवाहाटीस्थित ब्रह्मापुत्र नदीको किनारमा ५८ एकडको विशाल जमिनमा यो युनिभर्सिटीको भौतिक संरचना निर्माण भएको छ । सन् २०१० मा वरिष्ठ डा. एन.एन. दत्ताले डाउन टाउन च्यारिटी ट्रस्टबाट यस युनिभर्सिटीको स्थापना गरेका हुन् । पूर्वोत्तर भारतमै सबैभन्दा बढी प्लेसमेन्ट दिने विश्वविद्यालयको रुपमा परिचित त्यहाँ ८ हजारभन्दा बढी विद्यार्थीले ६० वटा प्रोग्राम र २५० फ्याकल्टीमा अध्ययन गरिरहेका छन्। यस युनिभर्सिटीमा एसईई पछिको मेडिकल साइन्ससँग सम्बन्धित तीन वर्षे डिप्लोमा कोर्स, प्लस टु पछिको मेडिकल ( पारामेडिकल, नर्सिङ, फार्मेसी आदि), इन्जिनियरिङ, आइटी, मानविकी, वाणिज्यलगायत ६० भन्दा बढी फ्याकल्टीका कोर्षहरु पढाई हुने गर्दछ। विभिन्न विषयमा स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहको अध्ययन हुने गरेको छ ।

Sanjay poudyal

Share
Published by
Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago