झापा, खाडीमा भएका नेपालीको शव निजी खर्चमा ल्याएर परिवारलाई जिम्मा लगाउने घोषणा गरेका दुर्गा प्रसाईंको पहलमा मंगलबार एक युवतीको शव नेपाल ल्याइएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १२ की २५ वर्षीया सुकमाया रानाको शव मंगलबार दुवईबाट नेपाल ल्याइएको हो बिएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडका कार्यकारी निर्देशक एवं नेकपा एमालेका केन्द्रीय सदस्य प्रसाईंको खर्चमा उक्त शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको छ ।
रानाका आफन्त चेतन गुरुङले शव बुझ्दै आफूहरुले खर्च र कानूनी कारणले दुई महिनादेखि नेपाल ल्याउन नसकेको बताए । ‘१० दिनअघि एउटा पत्रिकामा दुर्गा प्रसाईंले दुबईमा मृत्यु भएका मान्छेका शव नेपाल ल्याइदिने भन्ने समाचार देखेर हामीले फोन ग-यौं’ गुरुङले पत्रकारहरुसँग भने ‘उहाँले म ल्याइदिन्छु भनेपछि भेटघाट गरें । सबै खर्च व्यहोरेर उहाँले शव ल्याइदिनुभयो । सरकारले गर्ने काम एकजना व्यक्तिले गर्नुभयो । यसका लागि उहाँलाई धन्यवाद भन्छु ।’
प्रसाईंले अर्को हप्ता चारवटा शव ल्याएर आफन्तलाई बुझाउने बताए । ‘सरकारले स्वदेशमै रोजगारी सृजना गरेर युवाहरुको वैदेशिक गमन रोक्न त सकेन नै, पराई देशमा गए अकालमा ज्यान गुमाएका युवाको शब परिवारलाई दिन पनि सकेन’ प्रसाईंले भने ‘मानवीय हिसाबले मैले ती परिवारको पीडामा मल्हम लगाउन खोजेको हुँ ।’
दुई साताअघि दुवईका राजकुमारको निमन्त्रणामा त्यहाँ गएका प्रसाईले आफन्तले लैजान नसकेका नेपालीका शब आफूले लगिदिने प्रतिवद्धता जनाएका थिए । उनले हालसम्म परिवारले सम्पर्क गरेका आधारमा १६ जना नेपालीको शब नेपाल ल्याएर आफन्तलाई बुझाउने जनाएका छन् ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…