दुर्गा प्रसाईंको पहलमा दुवईमा अलपत्र युवतीको शव नेपाल ल्याइयो

झापा, खाडीमा भएका नेपालीको शव निजी खर्चमा ल्याएर परिवारलाई जिम्मा लगाउने घोषणा गरेका दुर्गा प्रसाईंको पहलमा मंगलबार एक युवतीको शव नेपाल ल्याइएको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका १२ की २५ वर्षीया सुकमाया रानाको शव मंगलबार दुवईबाट नेपाल ल्याइएको हो बिएण्डसी र पूर्वाञ्चल क्यान्सर अस्पताल बिर्तामोडका कार्यकारी निर्देशक एवं नेकपा एमालेका केन्द्रीय सदस्य प्रसाईंको खर्चमा उक्त शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको छ ।

रानाका आफन्त चेतन गुरुङले शव बुझ्दै आफूहरुले खर्च र कानूनी कारणले दुई महिनादेखि नेपाल ल्याउन नसकेको बताए । ‘१० दिनअघि एउटा पत्रिकामा दुर्गा प्रसाईंले दुबईमा मृत्यु भएका मान्छेका शव नेपाल ल्याइदिने भन्ने समाचार देखेर हामीले फोन ग-यौं’ गुरुङले पत्रकारहरुसँग भने ‘उहाँले म ल्याइदिन्छु भनेपछि भेटघाट गरें । सबै खर्च व्यहोरेर उहाँले शव ल्याइदिनुभयो । सरकारले गर्ने काम एकजना व्यक्तिले गर्नुभयो । यसका लागि उहाँलाई धन्यवाद भन्छु ।’

प्रसाईंले अर्को हप्ता चारवटा शव ल्याएर आफन्तलाई बुझाउने बताए । ‘सरकारले स्वदेशमै रोजगारी सृजना गरेर युवाहरुको वैदेशिक गमन रोक्न त सकेन नै, पराई देशमा गए अकालमा ज्यान गुमाएका युवाको शब परिवारलाई दिन पनि सकेन’ प्रसाईंले भने ‘मानवीय हिसाबले मैले ती परिवारको पीडामा मल्हम लगाउन खोजेको हुँ ।’

दुई साताअघि दुवईका राजकुमारको निमन्त्रणामा त्यहाँ गएका प्रसाईले आफन्तले लैजान नसकेका नेपालीका शब आफूले लगिदिने प्रतिवद्धता जनाएका थिए । उनले हालसम्म परिवारले सम्पर्क गरेका आधारमा १६ जना नेपालीको शब नेपाल ल्याएर आफन्तलाई बुझाउने जनाएका छन् ।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago