काठमाडौं: नेपाल चेम्बर एक्स्पो २०२२’ मा अन्तर्गतको तेस्रो दिनमा बंगलादेश फेसन शो शीर्षकमा बंगलादेशी फेसनका विभिन्न आयाम प्रस्तुत गरियो । शनिबार साँझ आयोजना भएको फेसन शोमा बंगलादेशी फेसन अन्तर्गत विभिन्न पहिरन शैली र हस्तकलाका अनुपम नमुनाहरू र्याम्पमा प्रस्तुत गरिएको थियो ।
राजधानीको प्रदर्शनीमार्गस्थित प्रदर्शनी कक्षमा आयोजित फेसन शोमा विभिन्न ७ चरणमा फेसन प्रस्तुत गरिएको थियो । जसमा साडी, सलवार कमीज, कुर्ती, शर्टस्, पन्जाबी स्टाइल, टि शर्ट लगायतका पहिरनसँगै लेदर तथा फ्याब्रिकमा तयार पारिएका विभिन्न एक्सेसरिज पनि प्रदर्शन गरियो ।
सो फेसन कार्यक्रममा प्रस्तुत गरिएका फेसनका विविध नमूनाहरु मूलतः मस्लिन, सिल्क, कटन फ्याब्रिकमा तयार पारिएकाहरु थिए । फेसन शोको अन्तिम प्रस्तुति भने खाडी वेयर थियो । काठमाडौंस्थित बंगलादेशी राजदूतावासको पहलमा प्रस्तुत गरिएको सो फेसन कार्यक्रमको संयोजन तथा कोरियोग्राफी फेसन कोरियोग्राफर रोजिन शाक्यले गरेका थिए ।
बंगलादेश फेसन शो अन्तर्गत प्रस्तुत भएका फेसन शैलीहरुमध्ये केही भने बंगलादेशी फेसन डिजाइनरका सृजनाहरु थिए भने केही भने रेडी टू वेयर शैलीहरु थिए । आठजना युवती तथा चारजना युवा मोडलको उक्त फेसन शो प्रस्तुती पूर्व मिस नेपाल सुगरिका केसीले सञ्चालन गरेकी थिइन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…