काठमाडौं: नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका पवन कार्की सहित १० जनालाई कारबाही गरिएको छ। आइतबार बसेको अखिल क्रान्तिकारीको केन्द्रीय समिति बैठकले संगठनको विधि विपरीत गर्नेहरूलाई कारबाही गरेको हो ।
कारबाहीमा पर्नेमा पवन कार्की, प्रवीण बस्नेत, सञ्जिव चौधरी, उपदेश यादव, बालकुमार केसी, रमेश खड्का, वसन्त भण्डारी,पदम नेपाली लगायत १० जना केन्द्रीय सदस्य छन् । अखिल क्रान्तिकारीको केन्द्रीय बैठकमा होहल्ला गर्दै नाराबाजी गर्दै बैठक अवरोध गरेपछि कार्की पक्षका नेताहरूलाई हलबाट निकालिएको थियो । कार्की पक्षले संगठनमा सबै पक्षलाई मिलाएर नसमेटेको भन्दै अध्यक्ष पन्चा सिंह र विद्यार्थी इन्चार्ज हितमान शाक्यको समेत राजीनामा मागेका छन् । कार्की पक्षले केन्द्रीय सदस्य र केन्द्रीय पदाधिकारी नमिलेको भन्दै खारेजीको माग गर्दै आएको छ । बैठक पूर्ण केन्द्रीय बैठकमा सहभागी केन्द्रीय सदस्यलाई शपथ खुवाएर आज सकिने भएको छ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…