आजको खेलमा नेपाल विजयी भएमा शीर्ष दुईमा रहँदै सेमिफाइनलमा पुग्ने

काठमाडौं: मलेसियामा भइरहेको एसीसी महिला टी–२० च्याम्पियनसिप अन्तर्गतको तेस्रो खेलमा नेपालले बहराइनलाई जम्मा १४ रनमा रोकेको छ । नेपालका बलर कविता कुँवर र अस्मिना कर्मचार्य चम्किंदा बहराइन सस्तैमा समेटिएको हो । खेल वर्षाका कारण ७–७ ओभरमा घटाइएको छ । मलेसियाको किनरारा ओभलमा भइरहेको खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेको थियो । कविता, अस्मिना र सबनम तीन बलरले समान २ विकेट लिँदै बहराइनलाई १४ रनमै समेटे ।

बहराइनका लागि इसारा सुहुनले सर्वाधिक ६ रन बनाइन् । सशिकल प्रकाश २ र प्रज्ना जग्दिशा खाता नखोली शून्यमा अविजित रहिन् । समूह ‘बी’ मा रहेको नेपाल २ खेलबाट ४ अंकका साथ शीर्ष स्थानमा छ । नेपाल आजको खेलमा विजयी भएमा शीर्ष दुईमा रहँदै सेमिफाइनलमा पुग्ने पक्का हुनेछ । नेपालले यसअघि पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले हराएको थियो ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago