दार्चुला: सातौं राष्ट्रिय कृषि गणना कार्यक्रमअन्तर्गत दार्चुलामा १८ हजार बढी परिवारको लगत संकलन गरिएको छ । विभिन्न क्षेत्रका १८ हजार ७ सय ११ परिवारका लगत संकलन गरिएको हो ।
जिल्ला कृषि गणना कार्यालयका प्रमुख शंकरदत्त भट्टका अनुसार कृषि गणना कार्यक्रमले एक सय २२ क्षेत्रका १८ हजार ७ सय परिवारको लगत संकलन गरिएको छ । गत वैशाख ६ देखि जेष्ठ १९ सम्म गणक र सुपरिवेक्षक घर–घरमा पुगेर लगत संकलन गरिएको हो । उनीहरूले संकलन गरेको तथ्यांक स्थलगत र जाॅचबुझको कार्य सकिएको भट्टले बताए । गणक र सुपरिवेक्षकले गरेको तथ्यांक संकलन र त्यसपश्चात् स्थलगत कार्य सकेर छुटफुट केही भए त्यसको जाॅचबुझ गरेर केन्द्रीय तथ्यांक विभागमा पठाइसकेको भट्टले जानकारी दिए ।
कृषि गणनाका क्रममा कृषकले भोगचलन गरेको जग्गाको आकार, जग्गाको उपभोग र उपयोग बाली लागेको जग्गाको क्षेत्रफल, मुख्य बालीको उत्पादन र सिॅचाइको विवरण लिइएको कार्यालय प्रमुख भट्टले जानकारी दिए । कृषि सामग्री र औजारको उपयोग, पशुपन्छीको संख्या, आहारसम्बन्धी विवरण, कृषि कार्यमा संलग्न जनशक्ति, लिंकका आधारमा कृषि जग्गाको स्वामित्वको अवस्थाबारे गणकले तथ्यांक संकलन गरिएको हो ।
कृषि वन, कृषि ऋण, बिमा अनुदान, कृषि कार्यमा जलवायु परिवर्तनका प्रभाव, हरितगृह पद्धतिको प्रयोग माटो परीक्षण कृषि बजारसम्मको पहुँच, कृषि अवशेष र फोहोरको व्यवस्थापन जस्ता विषयमा तथ्यांक संकलन गरिएको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख भट्टका अनुसार सबैभन्दा बढी शैल्यशिखर नगरपालिकामा १८ स्थानमा कृषि गणना भएको छ । मालिकार्जुन गाउॅपालिकामा १७, महाकाली नगरपालिकामा १५, नौगाड र मार्मा गाउँपालिकामा समान १४/१४ स्थानमा गणना भएको छ ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…