व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर काठमाडौंको जग्गा बिक्री गर्ने ५ जनालाई पक्राउ

काठमाडौँ: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले विदेशमा बसेको एक व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर काठमाडौंको जग्गा बिक्री गर्ने ५ जनालाई पक्राउ गरेको छ । व्यूरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रहरीले नक्कली कागजपत्र बनाएर जग्गा किनबेच गरेको अभियोगमा महावीर चन्द, गणेशबहादुर खनाल, बाबुराम कार्की, प्रेमप्रसाद खनाल र डासी माया श्रेष्ठलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

उनीहरुले २०५५ सालदेखि जापान बस्दै आएको शान्तादेवी लोहनीको नाममा रहेको कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरको ११ आना २ पैसा जग्गा बिक्री गरेको अनुसन्धानबाट खुलेको व्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्याम कुमार महत्तोले जानकारी दिए ।

जग्गा बिक्री गर्ने क्रममा शान्तादेवी नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाइएको र नक्कली छोरी खडा गरि नक्कली विवाद दर्ता प्रमाणपत्र समेत पेश भएको अनुसन्धानबाट खुलेको महत्तोले बताए । लामो समय नेपाल फर्किएकी शान्तादेवीले आफ्नो जग्गा प्रमाणपत्रलाई डिजिटल बनाउ खोज्दा आफ्नो नाममा नभएको पाइएपछि व्यूरोमा पुगेको र थप अनुसन्धान गर्दा किर्ते कागजात बनाएर बेचिएको पाइएको महत्तोले जानकारी दिए ।

पक्राउ परेका मध्ये गणेशबहादुर खनाल मुख्य योजनाकार रहेको खुलेको व्यूरोले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुबारे थप अनुसन्धान समेत भइरहेको व्यूरोको भनाई छ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago