काठमाडौँ: नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले विदेशमा बसेको एक व्यक्तिको नक्कली मृत्यु दर्ता प्रमाणपत्र बनाएर काठमाडौंको जग्गा बिक्री गर्ने ५ जनालाई पक्राउ गरेको छ । व्यूरोले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रहरीले नक्कली कागजपत्र बनाएर जग्गा किनबेच गरेको अभियोगमा महावीर चन्द, गणेशबहादुर खनाल, बाबुराम कार्की, प्रेमप्रसाद खनाल र डासी माया श्रेष्ठलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।
उनीहरुले २०५५ सालदेखि जापान बस्दै आएको शान्तादेवी लोहनीको नाममा रहेको कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरको ११ आना २ पैसा जग्गा बिक्री गरेको अनुसन्धानबाट खुलेको व्युरोका प्रवक्ता प्रहरी उपरीक्षक श्याम कुमार महत्तोले जानकारी दिए ।
जग्गा बिक्री गर्ने क्रममा शान्तादेवी नक्कली मृत्युदर्ता प्रमाणपत्र बनाइएको र नक्कली छोरी खडा गरि नक्कली विवाद दर्ता प्रमाणपत्र समेत पेश भएको अनुसन्धानबाट खुलेको महत्तोले बताए । लामो समय नेपाल फर्किएकी शान्तादेवीले आफ्नो जग्गा प्रमाणपत्रलाई डिजिटल बनाउ खोज्दा आफ्नो नाममा नभएको पाइएपछि व्यूरोमा पुगेको र थप अनुसन्धान गर्दा किर्ते कागजात बनाएर बेचिएको पाइएको महत्तोले जानकारी दिए ।
पक्राउ परेका मध्ये गणेशबहादुर खनाल मुख्य योजनाकार रहेको खुलेको व्यूरोले जनाएको छ । पक्राउ परेका व्यक्तिहरुबारे थप अनुसन्धान समेत भइरहेको व्यूरोको भनाई छ ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…