पाल्पा: रम्भा गाउँपालिकामा विवाद उत्पन्न भएपछि स्थगित भएको मतगणना कार्य एक हप्तापछि पुनः सञ्चालन भएको छ । सर्वदलीय बैठक बसेर आज अपराह्नबाट मतगणना गर्न थालिएको निर्वाचन अधिकृत कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।
उनका अनुसार शुक्रबार बिहानैदेखि गणना गर्ने भनिए पनि सबै दलको सहमतिपश्चात दिउँसोदेखि मात्रै सुरु भएको हो । वडा नं ५ ताहुँको मतगणना गर्ने क्रममा विवाद भएपछि गत वैशाख ३१ गते साँझ ५ बजेदेखि स्थगित भएको थियो । मतगणना सकिएर जोड्ने क्रममा ७४ फर्जी मत भेटिएपछि गणना कार्य स्थगित भएको हो । यहाँ एक हजार ९२२ मत खसेको थियो ।
निर्वाचन आयोगले कर्मचारी व्यवस्थापन गरेर रोकिएको मतगणना सुरु गर्न निर्वाचन कार्यालय पाल्पा र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको थियो । आयोगले प्रशासनलाई विशेष सुरक्षा व्यवस्था गरेर भए पनि मतगणना गर्न निर्देशन दिएको हो ।
सत्तारूढ गठबन्धनका विभिन्न दलहरुले विज्ञप्ति जारी गर्दै सार्वजनिक नतिजाप्रति असहमति जनाउँदै पुनः मतदानको माग गरेका थिए । विवादका क्रममा मतगणनास्थलमा गठबन्धनका कार्यकर्ता र प्रहरीबीच झडपसमेत भएको थियो ।
पाल्पाको अन्य नौ पालिकाको नतिजा सार्वजनिकपश्चात् नयाँ जनप्रतिनिधिले पदभार ग्रहणसमेत गरिसकेका छन् ।रासस
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…