कोरियामा ज्वरोबाट २२ लाख प्रभावित

२०७९, ६ जेष्ठ शुक्रबार २०:२४

काठमाडौँ: उत्तर कोरियामा अप्रिलको अन्त्यदेखि अहिलेसम्म ज्वरोका बिरामी २२ लाख २४ हजार ६ सय १० पुगेको कोरियाको केन्द्रीय समाचार संस्था (केसीएनए)ले शुक्रबार जानकारी गराएको छ । यो अवधिमा चौध लाख ८६ हजार ७३० भन्दा बढी बिरामी निको भइसकेका र ६५ जनाको मृत्यु भएको बताइएको छ ।

उत्तर कोरियाली अधिकारीले बुधबार दिउँसोदेखि बिहीबारसम्मको २४ घण्टाको अवधिमा २ लाख ६३ हजार ३ सय ७० व्यक्ति ज्वरोको कारण अस्पताल तथा स्वास्थ्य केन्द्रमा उपचारका लागि पुगेका बताइएको छ । यो अवधिमा देशभर २ लाख ४८ हजार ७ सय २० भन्दा बढी निको भएको र २ जनाको मृत्यु भएको केसीएनएले स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै सिह्नाले जनाएको छ।

केसीएनएले मे ८ मा प्योङयाङको राजधानीमा बिरामीहरूको एउटा समूहबाट नमूना संकलन गरिएको र त्यसमा कोभिडको नयाँ स्वरूप ओमिक्रोन देखिएको जनाएको छ।

Comments

ताजा खबर