बलात्कार सम्बन्धी कानून संशोधन गर्न संसद्लाई अनुरोध

काठमाडौँ: नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले बलात्कार सम्बन्धी कानुन संशोधन गर्न संसद्लाई अनुरोध गरेकी छिन् । सार्वजनिक अपिलमार्फत् उनले आज कुनै पनि महिलाले आफूमाथि भएको यौन दुर्व्यवहारका सम्बन्धमा हिम्मत जुटाउन समय लाग्ने भएकाले यसमा उजुरी गर्न कुनै समयको पावन्दी (हदम्याद) राख्नु नहुने उल्लेख गरेकी छिन् ।

अहिलेको कानुनी व्यवस्था अनुसार बलात्कारको जाहेरी दिन एक वर्षको हदम्याद राखिएको छ । ‘बलात्कार सहेर बाँचेका महिलाले जीवनभर त्यसको चोट महसुस गर्छन् । उनीहरूका लागि जिन्दगीको सबैभन्दा त्रासद् क्षणमा पुगेर समयको घडी ठप्प रोकिएजस्तो हुन्छ । यसैले, बलात्कारको पीडाबारे बोल्ने र कानूनी उपचार खोज्ने कुनै समय सीमा हुनु हुँदैन,’ उनले भनेकी छिन्, ‘बलात्कार सहेर बाँचेकाहरूलाई आफ्नो पीडाबारे सार्वजनिक रूपमा बोल्न समय लाग्छ । न्यायको लडाइँ सुरू गर्ने साहस जुटाउन धेरै वर्ष पनि लाग्न सक्छ ।’

राणाका अनुसार, अन्य राष्ट्रहरूले दशकौंपछि पनि बाल यौन दुराचारी र बलात्कारीहरुमाथि अभियोग लगाउन र कानूनी कठघरामा ल्याउन अनुमति दिने समय सीमा रहेका कानूनहरू परिवर्तन भएका छन् । ‘अपराध सबै अपराध नै हुन्, कुनै अपराधमा २० औं बर्षपछि पनि अभियोग लगाउन सकिन्छ भने बालात्कारीलाई एक बर्षभित्र अभियोग लगाउनुपर्ने समय सीमा किन ?’ उनले प्रश्न गरेकी छिन् ।

नेपालले पनि अब कानून परिवर्तन गर्दै समय सीमा हटाई महिलालाई सुरक्षाको प्रत्याभूति दिन ढिला गर्नु नहुने उनको भनाइ छ ।

‘हालै एक जना बहिनी ले आफूमाथि भएको बलात्कारको पीडाबारे सार्वजनिक रूपमा बोल्ने हिम्मत गरिन् । म उनको साहसलाई कदर गर्छु,’ राणाले भनेकी छिन्, ‘उनी र उनीजस्ता बालिका एवं महिलालाई बलात्कार र अन्य महिला हिंसाबाट बचाउन म नेपाल सरकार र विषेशगरी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगलाई बलात्कारको कानून संशोधनको लागि समिति गठन गरेर संशोधनको प्रक्रिया जतिसक्दो चाँडै अघि बढाउन र संसद्लाई उक्त कानून फाष्टट्रयाकबाट पारित गर्न अनुरोध गर्दछु ।’

आठ वर्ष अगाडि ‘ब्युटी प्याजेन्ट’मा भाग लिएकी एक नाबालिगले आफूमाथि आयोजकले यौन दुर्व्यवहार गरेको घटना बाहिर ल्याएकी थिइन् । तर उनले हदम्यादका कारण आफूले ठूलो हिम्मत जुटाएर यसबारे बोल्दा पनि पीडकविरुद्ध जाहेरी नहुने जानकारी पाएर आफू निकै दुखित भएको भन्दै भावुक बनेर सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेकी छिन् ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago