बलात्कार सम्बन्धी कानून संशोधन गर्न संसद्लाई अनुरोध

काठमाडौँ: नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले बलात्कार सम्बन्धी कानुन संशोधन गर्न संसद्लाई अनुरोध गरेकी छिन् । सार्वजनिक अपिलमार्फत् उनले आज कुनै पनि महिलाले आफूमाथि भएको यौन दुर्व्यवहारका सम्बन्धमा हिम्मत जुटाउन समय लाग्ने भएकाले यसमा उजुरी गर्न कुनै समयको पावन्दी (हदम्याद) राख्नु नहुने उल्लेख गरेकी छिन् ।

अहिलेको कानुनी व्यवस्था अनुसार बलात्कारको जाहेरी दिन एक वर्षको हदम्याद राखिएको छ । ‘बलात्कार सहेर बाँचेका महिलाले जीवनभर त्यसको चोट महसुस गर्छन् । उनीहरूका लागि जिन्दगीको सबैभन्दा त्रासद् क्षणमा पुगेर समयको घडी ठप्प रोकिएजस्तो हुन्छ । यसैले, बलात्कारको पीडाबारे बोल्ने र कानूनी उपचार खोज्ने कुनै समय सीमा हुनु हुँदैन,’ उनले भनेकी छिन्, ‘बलात्कार सहेर बाँचेकाहरूलाई आफ्नो पीडाबारे सार्वजनिक रूपमा बोल्न समय लाग्छ । न्यायको लडाइँ सुरू गर्ने साहस जुटाउन धेरै वर्ष पनि लाग्न सक्छ ।’

राणाका अनुसार, अन्य राष्ट्रहरूले दशकौंपछि पनि बाल यौन दुराचारी र बलात्कारीहरुमाथि अभियोग लगाउन र कानूनी कठघरामा ल्याउन अनुमति दिने समय सीमा रहेका कानूनहरू परिवर्तन भएका छन् । ‘अपराध सबै अपराध नै हुन्, कुनै अपराधमा २० औं बर्षपछि पनि अभियोग लगाउन सकिन्छ भने बालात्कारीलाई एक बर्षभित्र अभियोग लगाउनुपर्ने समय सीमा किन ?’ उनले प्रश्न गरेकी छिन् ।

नेपालले पनि अब कानून परिवर्तन गर्दै समय सीमा हटाई महिलालाई सुरक्षाको प्रत्याभूति दिन ढिला गर्नु नहुने उनको भनाइ छ ।

‘हालै एक जना बहिनी ले आफूमाथि भएको बलात्कारको पीडाबारे सार्वजनिक रूपमा बोल्ने हिम्मत गरिन् । म उनको साहसलाई कदर गर्छु,’ राणाले भनेकी छिन्, ‘उनी र उनीजस्ता बालिका एवं महिलालाई बलात्कार र अन्य महिला हिंसाबाट बचाउन म नेपाल सरकार र विषेशगरी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय महिला आयोगलाई बलात्कारको कानून संशोधनको लागि समिति गठन गरेर संशोधनको प्रक्रिया जतिसक्दो चाँडै अघि बढाउन र संसद्लाई उक्त कानून फाष्टट्रयाकबाट पारित गर्न अनुरोध गर्दछु ।’

आठ वर्ष अगाडि ‘ब्युटी प्याजेन्ट’मा भाग लिएकी एक नाबालिगले आफूमाथि आयोजकले यौन दुर्व्यवहार गरेको घटना बाहिर ल्याएकी थिइन् । तर उनले हदम्यादका कारण आफूले ठूलो हिम्मत जुटाएर यसबारे बोल्दा पनि पीडकविरुद्ध जाहेरी नहुने जानकारी पाएर आफू निकै दुखित भएको भन्दै भावुक बनेर सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेकी छिन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago