नागोयामा खुल्ला नकाउट भविवल प्रतियोगिता हुने

जापान । गत वर्ष जस्तै यस वर्ष पनि जापानको नागोयामा खुल्ला नकाउट भलिवल प्रतियोगिता हुने भएको छ। गल्कोट समाज जापान , क्षेत्रिय समिति नागोयाले आयोजना गरेको उक्त प्रतियोगिता जुन १ तारिक नागोयाको Takayokosukamachi Masugata Tokai, Aichi Japan 477-0037 Aki :0wariyosuka को Tokai city shimnin ,gymnasium Tel-0562 32 2311 मा संचालन हुने खेल संयोजक मनोज केसीले बताए।

गलकोट समाज जापान क्षेत्रीय समिति नागोयाले गल्कोटको शिर घुम्टेमा शिवको मूर्ति निर्माण गर्ने उदेश्य सहित तेस्रो रनिङ कप भलिबल प्रतियोगिता आयोजना गरेको बताईएको छ।

बाग्लुङ जिल्लाको गल्कोटमा अबस्थित घुम्टे पहाड धार्मिक तथा पर्यटकीय दुबै दृष्टीकोणबाट चर्चित रहि विशेषतः हिन्दू धर्मावलम्बीहरूले त्यस ठाउमा शिवको पूजा आराधना गर्ने भएकोले शिव मूर्ति स्थापना भएमा उक्त क्षेत्रको अझै महत्व बढेर पर्यटन प्रवर्द्धनमा थप टेवा पुग्ने बिश्वासका साथमा सो प्रतियोगिता गरिन लागिएको अध्यक्ष रामुथापा काजीले बताए । अध्यक्ष थापाका अनुसार सो प्रतियोगिताबाट बचत रकममार्फत घुम्टेको शीरमा आकर्षक शिवको मूर्ति निर्माण गरि स्थापना गरिनका लागि रनिङ कप प्रतियोगिता सदा झैं सम्पूर्ण खेलप्रेमि एवं अग्रजहरु बाट सदभाव तथा सहयोग पाउनेमा आफु विश्वथ रहको काजीले बताए।

प्रतियोगितामा प्रथम हुने टिमलाई तीन लाख दुई हजार दुई सय बाईस येन नगद प्रमाण पत्र,मेडल र रनिंग कप तथा द्वित्तीय १ लाख बहत्तर हजार दुई सय बाईस येन नगद, प्रमाण पत्र,मेडल साथै सान्त्वना पुरस्कार स्वरुप दुई टीमलाई पचास हजार येन नगद प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी पाँच छुट्टाछुट्टै विधाका उत्कृष्ट खेलाडीलाई नगद र ट्रफी द्वारा सम्मान गर्ने पनि बताईएको छ । जसमा अन्तरगत बेष्ट प्लेयरलाई १० हजार येन नगद र ट्रफी, बेष्ट स्पाईकर ५ हजार येन नगद र ट्रफी, बेष्ट ब्लकरलाई ५ हजार येन नगद र ट्रफी बेष्ट डिफेन्सरलाई ५ हजार येन नगद र ट्रफी बेष्ट सटरलाई येन नगद र ट्रफी रहने खेल संयोजक मनोज केसीले जानकारी दिए।
प्रतियोगितामा सहभागी हुनका लागि प्रत्येक टिमलाई प्रवेश शुल्क४० हजार येन तोकेको छ यसका लागि समाजको आधिकारिक खातामा मे ३० तारिक दिनको तीन बजेसम्म सो बापतको रकम जम्मा गरिनु पर्ने र त्यसैका आधारमा मे ३१ तारिक टाईसिट प्रकाशन गर्ने समाजका सचिव राम खत्रीले जानकारी दिए ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago