झापा,। ‘दमकमा एमालेविरुद्ध गठबन्धन स्यालले हात्तीको खुट्टा चिथोर्नु जस्तो मात्रै हो,’ स्थानीय तह निर्वाचनको मतदान हुनुभन्दा तीन दिनअघि झापाको दमकमा नेकपा एमालेले आयोजना गरेको चुनावी सभामा अध्यक्ष केपी ओलीले भनेका थिए । सबै दल मिलेर घेराबन्दीमा पार्न खोजे पनि एमालेलाई कुनै आपत्ति नहुने उनको भनाइ थियो ।

तर शुक्रबार सम्पन्न दमक नगरपालिकाको मतगणनाको नतिजा एमालेका पक्षमा छैन । दमक नगरपालिकाको नगर प्रमुख राप्रपाले जितेको छ।नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा राप्रपाका उम्मेदवार रामकुमार थापा मेयरमा निर्वाचित भएका हुन् । थापाले १७५२५ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेकी गीताकुमारी पौडेल अधिकारीले १६९६६ मत प्राप्त गरेकी छिन्।
उपमेयरतर्फ भने कांग्रेसकी रेगीना भट्टराई १७०५२ मत प्राप्त गरी विजयी भएकी छन् । उनका प्रतिष्पर्धी एमालेका अम्विकाप्रसाद खनालले १६५७४ मत प्राप्त गरेका छन्।
एमाले उम्मेदवार अधिकारीलाई पराजित गर्दै दमक नगर प्रमुख बनेका थापा कांग्रेस, माओवादीसहितको ६ दलीय गठबन्धनबाट चुनावी मैदानमा थिए। एमाले एक्लै प्रतिस्पर्धामा थियो।

Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago