झापा,। ‘दमकमा एमालेविरुद्ध गठबन्धन स्यालले हात्तीको खुट्टा चिथोर्नु जस्तो मात्रै हो,’ स्थानीय तह निर्वाचनको मतदान हुनुभन्दा तीन दिनअघि झापाको दमकमा नेकपा एमालेले आयोजना गरेको चुनावी सभामा अध्यक्ष केपी ओलीले भनेका थिए । सबै दल मिलेर घेराबन्दीमा पार्न खोजे पनि एमालेलाई कुनै आपत्ति नहुने उनको भनाइ थियो ।

तर शुक्रबार सम्पन्न दमक नगरपालिकाको मतगणनाको नतिजा एमालेका पक्षमा छैन । दमक नगरपालिकाको नगर प्रमुख राप्रपाले जितेको छ।नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा राप्रपाका उम्मेदवार रामकुमार थापा मेयरमा निर्वाचित भएका हुन् । थापाले १७५२५ मत प्राप्त गरेका छन् भने प्रतिस्पर्धी एमालेकी गीताकुमारी पौडेल अधिकारीले १६९६६ मत प्राप्त गरेकी छिन्।
उपमेयरतर्फ भने कांग्रेसकी रेगीना भट्टराई १७०५२ मत प्राप्त गरी विजयी भएकी छन् । उनका प्रतिष्पर्धी एमालेका अम्विकाप्रसाद खनालले १६५७४ मत प्राप्त गरेका छन्।
एमाले उम्मेदवार अधिकारीलाई पराजित गर्दै दमक नगर प्रमुख बनेका थापा कांग्रेस, माओवादीसहितको ६ दलीय गठबन्धनबाट चुनावी मैदानमा थिए। एमाले एक्लै प्रतिस्पर्धामा थियो।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago