बिर्तामोड , जेठ ६ । झापाको बिर्तामोड नगरपालिका वडा नं ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका सूर्यप्रसाद कन्दङ्वा पुनः निर्वाचित भएका छन् ।
नेकपा एमालेका बुद्धिराम भट्टराईलाई ५९७ मतले पराजित गरी कन्दङ्वा दोस्रो कार्यकालको लागि वडाध्यक्षमा निर्वाचित भएका हुन् । कन्दङ्वाले १२८३ मत ल्याउँदा भट्टराई ९८६ मतमा सीमित रहे ।
त्यस्तै खुल्ला सदस्यमा कांग्रेसका जीवन सापकोटा ११७९ , एमालेका खेम अधिकारी १०५९ , महिला सदस्यमा कांग्रेसकी गीता रेग्मी १०८२ र दलित महिला सदस्यमा कांग्रेसकी शोभा विक ११२९ मतले निर्वाचित भएका छन् ।
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…