बिर्तामोडको कृषि बजारमा ३ सय टन क्षमताको कोल्डरुम बन्दै कृषिमन्त्रीले शिलान्यास

झापा ,  बिर्तामोडको कृषि बजारमा कोल्डरुम निर्माण हुन थालेको छ

१ नं प्रदेश सरकारको २ करोड र कृषि बजार व्यवस्थापन समितिको साढे ६२ लाख रुपैयाँको लागतमा ३०० टन क्षमताको कोल्डरुम निर्माण हुन थालेको हो । जसको आज एक समारोहका बीच प्रदेश सरकारका कृषिमन्त्री झलकसिंह दर्लामी मगर सन्देशले शिलान्यास गरे । आगामी असार मसान्तभित्र सम्पन्न गर्नेगरी यज्ञ कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएको छ ।

बिर्तामोडमा एकमात्र रोयल कोल्ड स्टोरेज रहेको छ । बाह्रै महिना भरिभराउ हुने गरेको सो कोल्ड स्टोरेजमा कृषक तथा व्यवसायीहरुले भनेको बेला आफ्ना सामान राख्न पाइरहेका छैनन् । त्यही समस्यालाई लिएर खासगरी बिर्तामोड कृषि बजारका कृषक र व्यवसायीका लागि कोल्डरुम निर्माण गर्न थालिएको संचालक समितिका सदस्य खगेन्द्र महत्तोले बताए । हाल ३०० टन क्षमताको बन्ने भएकोमा पछि त्यसलाई क्षमता विस्तार गरिने उनले जानकारी दिए ।

कृषि बजार व्यवस्थापन समिति बिर्तामोडका अध्यक्ष कमल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कृषि मन्त्रालयका सचिव मेघनाथ तिमल्सिना , कृषि मन्त्रालयका पूर्व महाशाखा प्रमुख डा. राजेन्द्र उप्रेती , नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य ज्योतिसिंह दर्लामीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

बिर्तामोडको कृषि बजारलाई नमूना बजार बनाउन कोल्डरुम एउटा आधार बन्ने बजार व्यवस्थापन समितिका अध्यक्ष पौडेलले बताए । उनले बजारलाई व्यवस्थित पार्न डिपिआर बनाइसकेको र त्यसकै आधारमा काम शुरु गरिएको जानकारी दिए । संचालक समितिका सदस्य पुष्पा दाहालले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन अर्का सदस्य हरि सेलवालले गरेका थिए ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago