बिर्तामोडको कृषि बजारमा ३ सय टन क्षमताको कोल्डरुम बन्दै कृषिमन्त्रीले शिलान्यास

झापा ,  बिर्तामोडको कृषि बजारमा कोल्डरुम निर्माण हुन थालेको छ

१ नं प्रदेश सरकारको २ करोड र कृषि बजार व्यवस्थापन समितिको साढे ६२ लाख रुपैयाँको लागतमा ३०० टन क्षमताको कोल्डरुम निर्माण हुन थालेको हो । जसको आज एक समारोहका बीच प्रदेश सरकारका कृषिमन्त्री झलकसिंह दर्लामी मगर सन्देशले शिलान्यास गरे । आगामी असार मसान्तभित्र सम्पन्न गर्नेगरी यज्ञ कन्स्ट्रक्सनले निर्माणको ठेक्का पाएको छ ।

बिर्तामोडमा एकमात्र रोयल कोल्ड स्टोरेज रहेको छ । बाह्रै महिना भरिभराउ हुने गरेको सो कोल्ड स्टोरेजमा कृषक तथा व्यवसायीहरुले भनेको बेला आफ्ना सामान राख्न पाइरहेका छैनन् । त्यही समस्यालाई लिएर खासगरी बिर्तामोड कृषि बजारका कृषक र व्यवसायीका लागि कोल्डरुम निर्माण गर्न थालिएको संचालक समितिका सदस्य खगेन्द्र महत्तोले बताए । हाल ३०० टन क्षमताको बन्ने भएकोमा पछि त्यसलाई क्षमता विस्तार गरिने उनले जानकारी दिए ।

कृषि बजार व्यवस्थापन समिति बिर्तामोडका अध्यक्ष कमल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश कृषि मन्त्रालयका सचिव मेघनाथ तिमल्सिना , कृषि मन्त्रालयका पूर्व महाशाखा प्रमुख डा. राजेन्द्र उप्रेती , नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य ज्योतिसिंह दर्लामीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

बिर्तामोडको कृषि बजारलाई नमूना बजार बनाउन कोल्डरुम एउटा आधार बन्ने बजार व्यवस्थापन समितिका अध्यक्ष पौडेलले बताए । उनले बजारलाई व्यवस्थित पार्न डिपिआर बनाइसकेको र त्यसकै आधारमा काम शुरु गरिएको जानकारी दिए । संचालक समितिका सदस्य पुष्पा दाहालले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन अर्का सदस्य हरि सेलवालले गरेका थिए ।

Sanjay poudyal

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago