बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा कांग्रेसका प्रसाईं, उपाध्यक्षमा एमालेका खतिवडा

बुधबारे। झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले जितेको छ ।
कांग्रेसका मनोज प्रसाई ११४०३ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी निवर्तमान उपाध्यक्ष नेकपा एमालेकी मिरा भूर्तेलले ८३०२ मत प्राप्त गरिन् । जुन ३१०१ को मतान्तर हो । त्यस्तै अध्यक्षका अन्य उम्मेदवारहरुमा राप्रपाका ध्रुवप्रसाद कोइरालाले १६०३, मंगोल नेशनल अर्गनाइजेसनका खड्गबहादुर तामाङले २२६, जनता समाजवादी पार्टी, नेपालका दुर्गाहाङ्ग नेम्वाङ्ग (लिम्वु)ले ११६ मत ल्याएका छन् ।
त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेका भवानीप्रसाद खतिवडा निर्वाचित भएका छन् । ८०७४ मत प्राप्त गरेका खतिवडाले नेकपा माओवादी केन्द्रका खड्गबहादुर तिम्सिनालाई २८५८ मतले पराजित गरे । तिम्सिनाले ५२१६ मत ल्याए । त्यस्तै स्वतन्त्र उम्मेदवार भिमकुमार नेवारले २८०४, राप्रपाकी इन्दीरा रिजालले २००६,स्वतन्त्र योगकुमारी पराजुलीले ५३३, मंगोल नेशनल अर्गनाइजेसनकी बुधमाया लिम्बूले २४३ र एकिकृत समाजवादीकी पुजन कोइरालाले १७२ मत ल्याएका छन् ।
वडाध्यक्षतर्फ वडा नं १ मा एमालेका अनिल वाग्ले , २ मा कांग्रेसका डिल्लीप्रसाद ओली , ३ मा एमालेका पर्शुराम चेम्जोङ सुब्बा, ४ मा कांग्रेसका सेरबहादुर राय, ५ मा काँग्रेसकै डेगेन्द्र कार्की र ६ मा पनि कांग्रसकै शिवराज पौड्याल र ७ मा एमालेका चन्द्रप्रसाद भण्डारी निर्वाचित भएका छन् । ७ वटा वडा भएको बुद्धशान्तिमा कांग्रेसले अध्यक्षसहित १३ ,एमालेले उपाध्यक्षसहित २३ र राप्रपाले एउटा सिट जितेको हो । एमालेले दुईतिहाई पुर्याउन सकेको छैन ।
७ वटा वडाहरु रहेको बुद्धशान्तिमा वडा नंं २, ४, ५ र ६  नेपाली काँग्रेसले जितेको छ भने वडा नं. १, ३ र ७ एमालेले जितेको छ । यस अघि पनि बुद्धशान्तिमा अध्यक्ष काँग्रेस र उपाध्यक्ष एमालेले नै जितेको थियो ।
Sanjay poudyal

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago