बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा कांग्रेसका प्रसाईं, उपाध्यक्षमा एमालेका खतिवडा

बुधबारे। झापाको बुद्धशान्ति गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले जितेको छ ।
कांग्रेसका मनोज प्रसाई ११४०३ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी निवर्तमान उपाध्यक्ष नेकपा एमालेकी मिरा भूर्तेलले ८३०२ मत प्राप्त गरिन् । जुन ३१०१ को मतान्तर हो । त्यस्तै अध्यक्षका अन्य उम्मेदवारहरुमा राप्रपाका ध्रुवप्रसाद कोइरालाले १६०३, मंगोल नेशनल अर्गनाइजेसनका खड्गबहादुर तामाङले २२६, जनता समाजवादी पार्टी, नेपालका दुर्गाहाङ्ग नेम्वाङ्ग (लिम्वु)ले ११६ मत ल्याएका छन् ।
त्यस्तै गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेका भवानीप्रसाद खतिवडा निर्वाचित भएका छन् । ८०७४ मत प्राप्त गरेका खतिवडाले नेकपा माओवादी केन्द्रका खड्गबहादुर तिम्सिनालाई २८५८ मतले पराजित गरे । तिम्सिनाले ५२१६ मत ल्याए । त्यस्तै स्वतन्त्र उम्मेदवार भिमकुमार नेवारले २८०४, राप्रपाकी इन्दीरा रिजालले २००६,स्वतन्त्र योगकुमारी पराजुलीले ५३३, मंगोल नेशनल अर्गनाइजेसनकी बुधमाया लिम्बूले २४३ र एकिकृत समाजवादीकी पुजन कोइरालाले १७२ मत ल्याएका छन् ।
वडाध्यक्षतर्फ वडा नं १ मा एमालेका अनिल वाग्ले , २ मा कांग्रेसका डिल्लीप्रसाद ओली , ३ मा एमालेका पर्शुराम चेम्जोङ सुब्बा, ४ मा कांग्रेसका सेरबहादुर राय, ५ मा काँग्रेसकै डेगेन्द्र कार्की र ६ मा पनि कांग्रसकै शिवराज पौड्याल र ७ मा एमालेका चन्द्रप्रसाद भण्डारी निर्वाचित भएका छन् । ७ वटा वडा भएको बुद्धशान्तिमा कांग्रेसले अध्यक्षसहित १३ ,एमालेले उपाध्यक्षसहित २३ र राप्रपाले एउटा सिट जितेको हो । एमालेले दुईतिहाई पुर्याउन सकेको छैन ।
७ वटा वडाहरु रहेको बुद्धशान्तिमा वडा नंं २, ४, ५ र ६  नेपाली काँग्रेसले जितेको छ भने वडा नं. १, ३ र ७ एमालेले जितेको छ । यस अघि पनि बुद्धशान्तिमा अध्यक्ष काँग्रेस र उपाध्यक्ष एमालेले नै जितेको थियो ।
Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago