अबुजा: नाइजेरियामा ४३ जना अतिवादी हतियारधारीहरु सैन्य कारबाहीमा मारिएका छन् । गत तीन हप्तादेखि नाइजेरियाली सेनाले जारी राखेको कारबाहीका क्रममा नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा ती हतियारधारी मारिएको बताइएको छ ।
नाइजेरियाली सेनाले केही हप्तादेखि सो क्षेत्रमा आतंकवादी समूहका विरुद्धमा विशेष कारबाही अभियान सञ्चालन गरेको छ । नाइजेरियाली सेनाका प्रवक्ता वर्नाड ओनियकुले सो क्षेत्रमा सेनाले गत केही हप्तादेखि कारबाही जारी राखेको जनाएका छन् ।
यस क्रममा गएको तीन हप्तादेखि मात्र ४३ जना अतिवादी हतियारधारी मारिएका हुन् । साथै सेनाले कम्तीमा २० जना हतियारधारीलाई पनि पक्राउ गरेको जनाएको छ ।
त्यस्तै अपहरणमा परेका अरु ६३ जनालाई पनि सेनाले मुक्त गरेको छ ।उनीहरुलाई यहाँ आतंक मच्चाइरहेका हतियारधारीहरुले स्थानीयहरूलाई अपहरण गरी लगेका थिए । ती अपहरणकारीहरुलाई मुक्त गराइएको पनि सैनिक प्रवक्ता बर्नाडले जानकारी दिए ।
काठमाडौँ – पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…