सैन्य कारबाहीमा ४३ अतिवादी मारिए

अबुजा: नाइजेरियामा ४३ जना अतिवादी हतियारधारीहरु सैन्य कारबाहीमा मारिएका छन् । गत तीन हप्तादेखि नाइजेरियाली सेनाले जारी राखेको कारबाहीका क्रममा नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा ती हतियारधारी मारिएको बताइएको छ ।

नाइजेरियाली सेनाले केही हप्तादेखि सो क्षेत्रमा आतंकवादी समूहका विरुद्धमा विशेष कारबाही अभियान सञ्चालन गरेको छ । नाइजेरियाली सेनाका प्रवक्ता वर्नाड ओनियकुले सो क्षेत्रमा सेनाले गत केही हप्तादेखि कारबाही जारी राखेको जनाएका छन् ।

यस क्रममा गएको तीन हप्तादेखि मात्र ४३ जना अतिवादी हतियारधारी मारिएका हुन् । साथै सेनाले कम्तीमा २० जना हतियारधारीलाई पनि पक्राउ गरेको जनाएको छ ।

त्यस्तै अपहरणमा परेका अरु ६३ जनालाई पनि सेनाले मुक्त गरेको छ ।उनीहरुलाई यहाँ आतंक मच्चाइरहेका हतियारधारीहरुले स्थानीयहरूलाई अपहरण गरी लगेका थिए । ती अपहरणकारीहरुलाई मुक्त गराइएको पनि सैनिक प्रवक्ता बर्नाडले जानकारी दिए ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago