काठमाडौं: तपाईं कुनै व्यस्त सपिङ मलमा हुन्छ । त्यहाँ सांगीतिक कार्यक्रम भइरहेको छ, तपाईं त्यसमा रमाइरहनु भएको छ । त्यहीबेला तपाईंको हात पाइन्टको खल्तीमा जाँदा तपाईंको होस उड्छ, किनकि मोबाइल गायब छ । तपाईंको आँखा छलेर मोबाइल चोरी भएको पत्तै हुँदैन । मोबाइल त हरायो नै, त्योसँगै तपाईंका निजी डकुमेन्ट पनि जोखिमा पर्छन् । यस्तो बेला के गर्ने त ? मोबाइल हराउनासाथ यी उपाय अपनाउँदा धेरै क्षति हुनबाट बच्न सकिन्छ । आफ्नो मोबाइल डिभाइसलाई तुरुन्त ब्लक गर्नुहोस्

डिजिटल सुरक्षा विशेषज्ञ एमिलियो सिमोनीका अनुसार यदि मोबाइल फोन चोरी भयो भने पहिलो काम डिभाइसलाई तुरुन्त ब्लक गर्नुपर्दछ । फोन नेटवर्क अपरेटरसँग सम्पर्क गरेर चिपलाई ‘क्यान्सिल’ गराउन भन्नुपर्दछ ।

किनकि त्यो फोन कसैलाई पनि काम नआओस् । अपरेटरलाई मोबाइल कम्पनीको वेबसाइटमा गएर सम्पर्क गर्न सकिन्छ । इन्टरनेशनल मोबाइल इक्विपमेन्ट आईडेन्टिटी (आईएमईआई) बाट यस्तो बनाउन सम्भव हुन्छ । यसबाट मोबाइलको अन्तर्राष्ट्रिय दर्ता भएको हुन्छ । जसबाट मोबाइललाई तुरुन्तै बन्द गराउन सकिन्छ । त्यसैले यो कोड सुरक्षित ठाउँमा लेखेर राख्नुहोला । डिभाइस बक्स वा मोबाइल फोनमा यो नम्बर हुन्छ ।

एपको पासवर्ड बदल्नुहोस्

सिमोनीका अनुसार मोबाइल चोरी हुनासाथ त्यसमा रहेका एपहरुको पासवर्ड परिवर्तन गर्नुपर्छ । यसो नगर्दा तपाईंको मोबाइल चोरी गर्नेले व्यक्तिगत जानकारी थाहा पाउन सक्छ । त्यसैले जतिसक्दो चाँडो मोबाइल बैकिङ, इमेल र सामाजिक सञ्जालहरुको पासवर्ड परिवर्तन गरिहाल्नुहोस् ।

बैंक वा वित्तीय संस्थालाई जानकारी गराउनुहोस्

यदि तपाईंको मोबाल चोरी भएको छ भने तुरुन्त आफ्नो खाता रहेको बैंक वा वित्तीय संस्थामा सम्पर्क गरिहाल्नुहोस् । जसकारण तपाईंको फोनमा रहेको एप ब्लक गर्न सकियोस् ।

यसो नगर्दा चोरी गर्नेले तपाईंको खाताको पैसा अर्को खातामा ट्रान्सफर गर्न सक्छ । त्यसैले बैंकलाई सम्पर्क गरेर ब्लक गराइहाल्नुहोस् । बैंकको सम्पर्क नम्बर वेबसाइटमा उपलब्ध गराइएको हुन्छ ।

परिवार र साथीलाई बताउनुहोस्

आफ्नो मोबाइल फोन चोरी भएको विषयमा परिवारका सदस्य वा साथीहरुलाई बताउनुहोस् । फोन चोरी गर्नेले म्यासेजिङ एप वा सामाजिक सञ्जालबाट तपाईंको आफन्त वा साथीलाई सम्पर्क गरेर ठगी गर्न सक्छ । उनीहरुसँग पैसा वा बैंक विवरण माग्न सक्छ ।

प्रहरीमा निवेदन दर्ता गराउनुहोस्

तपाईंको मोबाइल चोरी भएकोबारे प्रहरीलाई जानकारी गराउनुहोस् । यसले तपाईंको फोन चोरी भएको प्रमाण रहन्छ । बैंक, बीमा कम्पनी लगायतका ठाउँमा यो प्रमाण आवश्यक पर्न सक्छ । मोबाइलसँगै तपाईंका व्यक्तिगत डाटा पनि असुरक्षित हुने भएकाले प्रहरीमा निवेदन दर्ता गराएर सुरक्षित बनाउनेतर्फ लाग्नुपर्छ । त्यसपछि तपाईंको हराएको मोबाइल खोजी गर्न प्रहरीले सहयोग गर्दछ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago