बेलायती प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

लन्डन: गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । आचार्यले जोन्सनको आसन्न दक्षिण एसिया भ्रमणका क्रममा नेपालमा पनि आउन आउन निम्तो दिएका हुन् ।
नेपाल र बेलायतबीचको मित्रवत् सम्बन्ध विश्वमा उदाहरणीय रहेको भन्दै बेलायतमा नै व्यवसाय गरिरहेका आचार्यले गोर्खा सैनिकमार्फत सम्बन्ध अझ प्रगाढ बनेको बताए ।
भूकम्प जाँदा होस् या कोरोना महामारीजस्ता हरेक कठिनाइमा बेलायतले नेपाललाई गरिरहेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै नेपाल-बेलायत सम्बन्धलाई अझ उचाईमा पुर्‍याउनका लागि नेपालको छिमेकी देश भारत भ्रमण गर्दैगर्दा नेपालको पनि भम्रण गर्न उनले निम्तो दिएका हुन् ।

बेलायत नेपालको सबैभन्दा ठूलो विकास साझेदार रहेको र दुई देशबीच उच्च स्तरमा भेटवार्ता हुन सके एक-आपसमा चौतर्फी सहयोग र विकासका आयामहरू अघि बढ्ने आचार्यले बताएका छन् ।
नेपाल र बेलायतको २०० वर्षको इतिहासमा बेलायती राजपरिवारको नेपाल भ्रमण पटक-पटक भए पनि प्रधानमन्त्रीको भम्रण हालसम्म नभएको भन्दै दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउनका लागि उनले जोन्सनलाई नेपाल भ्रमणको निम्ता दिएका हुन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago