बेलायती प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो

लन्डन: गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । आचार्यले जोन्सनको आसन्न दक्षिण एसिया भ्रमणका क्रममा नेपालमा पनि आउन आउन निम्तो दिएका हुन् ।
नेपाल र बेलायतबीचको मित्रवत् सम्बन्ध विश्वमा उदाहरणीय रहेको भन्दै बेलायतमा नै व्यवसाय गरिरहेका आचार्यले गोर्खा सैनिकमार्फत सम्बन्ध अझ प्रगाढ बनेको बताए ।
भूकम्प जाँदा होस् या कोरोना महामारीजस्ता हरेक कठिनाइमा बेलायतले नेपाललाई गरिरहेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै नेपाल-बेलायत सम्बन्धलाई अझ उचाईमा पुर्‍याउनका लागि नेपालको छिमेकी देश भारत भ्रमण गर्दैगर्दा नेपालको पनि भम्रण गर्न उनले निम्तो दिएका हुन् ।

बेलायत नेपालको सबैभन्दा ठूलो विकास साझेदार रहेको र दुई देशबीच उच्च स्तरमा भेटवार्ता हुन सके एक-आपसमा चौतर्फी सहयोग र विकासका आयामहरू अघि बढ्ने आचार्यले बताएका छन् ।
नेपाल र बेलायतको २०० वर्षको इतिहासमा बेलायती राजपरिवारको नेपाल भ्रमण पटक-पटक भए पनि प्रधानमन्त्रीको भम्रण हालसम्म नभएको भन्दै दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउनका लागि उनले जोन्सनलाई नेपाल भ्रमणको निम्ता दिएका हुन् ।

Kamal Panthi

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago