बैंकहरुको नाफा आधा प्रतिशतले मात्र बढ्यो, नौ महिनामा ५१ अर्ब रुपैयाँ नाफा

काठमाडौं: तरलता संकट गहिरिएको असर बैंकहरुको नाफामा पनि देखिएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार, अधिकांस बैंकको नाफा उत्साहप्रद देखिएको छैन। बैंकको नाफा जम्मा ०.५४ प्रतिशतले मात्र बढेको छ।

संचालनमा रहेका कुल २७ बैंकहरुले चैत मसान्तसम्ममा कुल ५१ अर्ब एक करोड रुपैयाँ खुद नाफा कमाएका छन्। गत चैतको तुलनामा नाफामा सामान्य सुधार देखिएको छ। यद्यपि एक वर्षको अवधिमा खुद नाफामा उल्लेख्य प्रगति भने देखिएन। पोहोरको चैतमा वाणिज्य बैंकहरुले ५० अर्ब ७४ करोड रुपैयाँ नाफा गरेका थिए।

औसतमा वाणिज्य बैंकहरुले एक अर्ब ८८ करोड नाफा कमाएको देखिन्छ। चैतसम्ममा ३ वाणिज्य बैंकको खुद नाफा ३ अर्ब रुपैयाँको सिलिङ नाघेको छ। यस्तै, ११ वटा वाणिज्य बैंक औसतभन्दा धेरै नाफा कमाउन सफल छन्।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्म सर्वाधिक नाफा आर्जन गर्न ग्लोबल आएमई बैंकले अन्यलाई पछि पार्‍यो। बैंकले ३ अर्ब ७२ करोड नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको छ। सर्वाधिक खुद नाफा कमाएको ग्लोबल आएमई बैंकको नाफा पोहोरभन्दा ४.१३ प्रतिशतले मात्र धेरै हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले ३ अर्ब ५७ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।

यस्तै, दोस्रो सर्वाधिक नाफा कमाएको एनआइसी एसिया बैंक हो। एनआइसी एसियाले चैत अन्त्यसम्म ३ अर्ब ६० करोड रुपैययाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको नाफामा २० प्रतिशतको सुधार देखिन्छ। पोहोर चैतमा बैंकले ३ अर्ब रुपैयाँ अधिक नाफा गरेको विवरणमा उल्लेख छ।

नबिल बैंक भने नाफामा तेस्रो नम्बरमा झरेको छ। बैंकले तेस्रो त्रैमाससम्ममा ३ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा कमायो। यद्यपि बैंकको नाफामा ९ प्रतिशतको गिरावट देखिन्छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले वाणिज्य बैंकहरु मध्येकै सर्वाधिक ३ अर्ब ६७ करोड रुपैयाँ नाफा कमाउन सफल थियो।

लिडरको पोजिसन गुमाएको नबिलसँगै १२ यस्ता बैंकहरुले खुद नाफामा गिरावट आएको तथ्यांक सार्वजनिक गरेका छन्। तथ्यांक अनुसार उक्त वाणिज्य बैंकहरुको नाफा अघिल्लो आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा घटेको पाइएको हो।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लक्ष्मी बैंकलगायत १२ बैंकको घटेको हो। लक्ष्मी बैंकको नाफा पोहोर चैतको तुलनामा ३३.३१ प्रतिशत घटेको छ। गत आर्थिक वर्षको चैतको तुलनामा ३२ प्रतिशत अधिक नाफा घटाउने नेपाल बंगलादेश बैंक पनि रह्यो। यस्तै, बैंक अफ काठमाण्डूले प्रकाशित गरेको तेस्रो त्रैमासको तथ्यांक अनुसार बैंकको नाफामा पनि साढे २५ प्रतिशतको संकुचन देखिन्छ।

उल्लेखित यी चार वाणिज्य बैंक बाहेक सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य, नेपाल इन्भेष्टमेन्ट, प्रभु, सानिमा, कृषि विकास, प्राइम कमर्सियल, नेपाल बैंक र कुमारी बैंक पनि हुन्। यी मध्ये सबैभन्दा कम नाफा घटेको कुमारी बैंक हो। बैंकको खुद नाफा पोहोरको तुलनामा सामान्य ०.३२ प्रतिशत घटेको छ।

सरकारी स्वामित्वका सबै बैंकको नाफा घटेको छ। समिक्षा अवधिमा नाफामा उल्लेख सुधार गर्न सफल भने सेञ्चुरी कमर्सियल बैंक रह्यो। बैंकको खुद नाफामा १८३.५९ प्रतिशतको उछाल आएको हो। गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ३५ करोड ८१ लाख रुपैयाँमा सीमित बैंकको खुद नाफा चालु आर्थिक वर्षको सोही अवधिमा आइपुग्दा एक अर्ब रुपैयाँ अधिक छ।

सेञ्चुरी कमर्सियलले नाफामा सिभिल, बैंक अफ काठमाडौं र लक्ष्मी बैंक गरी तीन वटा वाणिज्य बैंकहरुलाई उछिनेको छ। यी तीन वटाको नाफा भने एक अर्ब रुपैयाँभन्दा कम रहेको पाइयो।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago