नैतिकताका आधारमा राजीनामा दिनुपर्ने

काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्थमन्त्री जनार्दन शर्माले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने संकेत गरेका छन् । बुधबार सामाजिक सन्जालमार्फत महामन्त्री शर्माले घुमाउरो पारामा अर्थमन्त्री शर्माले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने तर्क गरेका हुन् । उनले गभर्नर निलम्बन प्रकरणमा यसअघिको एउटा घटनालाई पनि स्मरण गरेका छन् ।

‘बेलाबेला यस्तो तस्बिर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस्- नैतिक मूल्यको प्रस्तुतिले नै सुन्दर बन्दै जान्छ राजनीति !,’ उनले लेखेका छन्, ‘समयले सम्झना गरिरहेको छ काँग्रेस नेता महेश आचार्यलाई, जसले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर बिदाइको निर्णय अदालतले उल्ट्याएपछि अर्थमन्त्रीबाट राजीनामा दिनुभयो !’

महामन्त्री शर्माले प्रत्यक्षरूपमा अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने उल्लेख नगरेको भए पनि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने संकेत गरेका छन् ।

गभर्नर महाप्रसाद अधिकारीलाई पदबाट तत्काल नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि अर्थमन्त्री शर्माले नैतिक रूपमा राजीनामा दिनुपर्ने भन्दै आलोचना भइरहेको छ ।

विभिन्न आरोप लगाउँदै सरकारले गभर्नर अधिकारीमाथि छानबिन गर्न समिति बनाएर उनी उनी स्वत: निलम्बनमा परेका थिए । मंगलबार सर्वोच्च अदालतले अधिकारीलाई तत्काल पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको थियो । अदालतको आदेशसँगै गभर्नर अधिकारी आजबाट काममा फर्किने भएका छन् ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago