नैतिकताका आधारमा राजीनामा दिनुपर्ने

काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अर्थमन्त्री जनार्दन शर्माले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने संकेत गरेका छन् । बुधबार सामाजिक सन्जालमार्फत महामन्त्री शर्माले घुमाउरो पारामा अर्थमन्त्री शर्माले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने तर्क गरेका हुन् । उनले गभर्नर निलम्बन प्रकरणमा यसअघिको एउटा घटनालाई पनि स्मरण गरेका छन् ।

‘बेलाबेला यस्तो तस्बिर पोस्ट गर्न पाइयोस् र भन्न सकियोस्- नैतिक मूल्यको प्रस्तुतिले नै सुन्दर बन्दै जान्छ राजनीति !,’ उनले लेखेका छन्, ‘समयले सम्झना गरिरहेको छ काँग्रेस नेता महेश आचार्यलाई, जसले आफ्नो प्रस्तावमा सरकारले गरेको गभर्नर बिदाइको निर्णय अदालतले उल्ट्याएपछि अर्थमन्त्रीबाट राजीनामा दिनुभयो !’

महामन्त्री शर्माले प्रत्यक्षरूपमा अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने उल्लेख नगरेको भए पनि नैतिकताका आधारमा राजीनामा दिनुपर्ने संकेत गरेका छन् ।

गभर्नर महाप्रसाद अधिकारीलाई पदबाट तत्काल नहटाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएपछि अर्थमन्त्री शर्माले नैतिक रूपमा राजीनामा दिनुपर्ने भन्दै आलोचना भइरहेको छ ।

विभिन्न आरोप लगाउँदै सरकारले गभर्नर अधिकारीमाथि छानबिन गर्न समिति बनाएर उनी उनी स्वत: निलम्बनमा परेका थिए । मंगलबार सर्वोच्च अदालतले अधिकारीलाई तत्काल पदबाट नहटाउन अन्तरिम आदेश जारी गरेको थियो । अदालतको आदेशसँगै गभर्नर अधिकारी आजबाट काममा फर्किने भएका छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago