नेप्से दोहोरो अंकले घट्दा कारोबार रकम न्यून, २ कम्पनीमा सकारात्मक सर्किट

काठमाडौं : सेयर बजार बुधबार फेरि तल झरेको छ । नेप्से सूचक दोहोरो अंकले घट्दा खरिदबिक्री रकम भने न्यून हुँदै गएको छ । यस दिन सूचक ३६.७३ अंकले घटेर २३२०.५१ विन्दुमा अडिएको छ । १ अर्ब ४५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । बजारमा लगानीकर्ताको सकारात्मक मनोविज्ञान विकास हुन सकेको छैन । सोही कारण बजारको ‘फ्रि फल’ नरोकिएको हो । बुधबार बैंकहरुले वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

चर्को ब्याजदर र तरलता अभावका बीचमा पनि थोरै भए पनि नाफा बढाउन बैंकहरु सक्षम भएका छन् । तर यसको सकारात्मक प्रभाव बजारमा देखिएन । बजार विस्तारका लागि नीतिगत रुपमै सुधार हुनुपर्ने देखिन्छ । यसअघि नीतिलाई चलाएकै कारण बजार बिग्रिएको हो । यसर्थ, अब यसलाई सुधार्न पनि त्यही बिगारिएको नीतिमै सुधार गर्न आवश्यक देखिन्छ ।

विशेषगरी, केन्द्रीय बैंकको पुँजी बजार विरोधी गतिविधिले सेयर बजार घटेको हो । बजारलाई सोझै प्रहार गर्ने गरी केन्द्रीय बैंकले एकपछि अर्को नीति–निर्देशनहरु जारी गर्यो । यसको सीधा र प्रत्यक्ष प्रभाव बजारमा अहिले देखिएको छ । तरलता अभाव, चर्को ब्याजदर बजार घटाउने प्रमुख कारण हुन् । सीसीडीलाई सीडी रेसियो बनाउने अनि बैंकहरुलाई ब्याजदर बढाउन दबाब दिने नीति पनि केन्द्रीय बैंकले लियो ।

तर ब्याजदर बढाइए पनि निक्षेपमा भने सुधार हुन सकेन । निक्षेप वृद्धि नहुँदा वित्तीय संस्थामा तरलता अभाव देखिएको छ । यसले समग्र अर्थतन्त्रसहित सेयर बजारलाई पनि अप्ठेरोमा पारेको अवस्था छ । सेयर बजार तलमाथि गरिरहन्छ । यसकारण लगानीकर्तामा धैर्यता हुन आवश्यक छ । यस्तै, सबल वित्तीय सूचक भएका कम्पनीहरु छनोट गरी लगानी गर्न सक्नुपर्छ ।
नाफा, इपीएस, वितरणयोग्य नाफा लगायतका सूचकहरुलाई आधार मानेर लगानी सम्बन्धी निर्णय लिन अनुभवीहरुले सुझाव दिने गरेका छन् । २२८ कम्पनीको ३५ लाख ७० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १४ करोड १९ लाख रुपैयाँभन्दा बढीसहित खरिदबिक्री रकममा नेष्डो समृद्ध लघुवित्त अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः एनआइसी एसिया बैंक र सिद्धार्थ बैंक परेका छन् ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago