सिन्धुली: अवरुद्ध बीपी राजमार्ग खुलाउन प्रहरीले बन्दकर्तालाई लखेट्न खोज्दा भएको दोहोरो झडपले बीपी राजमार्गअन्तर्गत कमलामाई नगरपालिका २ पिपलभन्ज्याङ तनावग्रस्त बनेको छ । बन्दकर्ता स्थानीयले प्रहार गरेको ढुङ्गा र बोतलले लागेर ११ जना प्रहरी घाइते भएका छन् ।
उनीहरूको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ३ जनालाई गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।
बोलेरोको ठक्करबाट गम्भीर घाइते भएका पैदलयात्री ३९ वर्षीय विजय मोक्तानको मृत्यु भएपछि स्थानीयले कारबाही र क्षतीपूर्तिको माग गर्दै आज बिहानबाट सडक अवरुद्ध गरेका छन् । दोहोरो झडप हुँदा रोकी राखेका केही सवारी साधनमा समेत क्षति पुगेको छ । पिपलभन्ज्याङको सडकमा माथिबाट स्थानीय बन्दकर्ताले प्रहरीलाई लक्षित गरी ढुङ्गा र खाली बोतल र दाउरा प्रहार गरिरहेका छन् भने प्रहरीले तलबाट केही राउन्ड अश्रुग्याँस र हवाइ फायर गरेको छ ।

स्थानीय बन्दकर्ताले बीचमा फसेका केही प्रहरीलाई भने सकुशल छाडिदिएका छन् । सयौंको संख्यामा सवारीसाधनहरू जाममा परेका छन् । झडप रोक्न र अवरुद्ध राजमार्ग खुलाउन पहल भइरहेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले बताए ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago