न्युयोर्क: विश्वकै सबैभन्दा धनाढ्य एलन मस्कले अहिले आफ्नो घर नभएको र साथीहरूको खाली कोठामा सुत्ने बताएका छन् । एक पछिल्लो अन्तर्वार्तामा मस्कले यस्तो खुलासा गरेका हुन् । ‘अहिले मेरो एउटा ठाउँ पनि छैन । म ठ्याक्कै साथीहरूको ठाउँमा बसिरहेको छु’, उनको भनाइ उदृत गर्दै न्युयोर्क टाइम्सले लेखेको छ ।
‘खाडी क्षेत्रमा यात्रा गर्दा म मूलतः साथीहरूको खाली सुत्ने कोठामा घुम्छु’, अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाका सीईओसमेत रहेका मस्कले भने ।
उनले अगाडि थपे, ‘मसँग समुद्री डुंगा याच छैन । म बिदा लिन्न । ’
विश्वभर सम्पत्तिको असमानता र अर्बपतिहरूले खर्च गर्ने रकमको बारेमा सोधिएका प्रश्नहरूको मस्कले जवाफ दिएका थिए । ‘मलाई लाग्छ कि त्यहाँ स्वयंसिद्ध त्रुटिहरू छन्, जसले त्यो निष्कर्षमा पुर्याइरहेको छ । म व्यक्तिगत उपभोगमा वार्षिक अरबौं डलर खर्च गर्छु भने यो धेरै समस्याग्रस्त हुनेछ तर त्यस्तो छैन’, मस्कले भने ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…