काठमाडौँ– सामाजिक सञ्जालमा आउने नकारात्मक, गलत तथा तथ्यहीन सूचनाहरुलाई नियन्त्रण गर्न निर्वाचन आयोगले छुट्टै संयन्त्र बनाएको आयुक्त डा.जानकीकुमारी तुलाधरले बताएकी छन्।
सूचनाले मानवीय जीवनमा आमूल परिर्वतन गर्ने बताउँदै आयुक्त तुलाधरले गलत सूचनाले निर्वाचनमा सही उम्मेदवार छान्ने र छानिने प्रक्रियालाई असर गर्ने बताइन्।
निर्वाचनको स्वच्छता, निष्पक्षता र विश्वसनीयतामा पनि त्यसले प्रभाव पार्ने उनले बताइन्। निर्वाचनमा भाग लिनेलाई समेत सिधा असर पर्ने हुँदा आयोगले त्यसलाई संवेदनशील रुपमा हेर्दै आवश्यक कदम चालिरहेको उनले बताइन्
‘विज्ञ सहितको टोली आयोगमा सक्रिय छ। त्यस्ता सूचना हटाउन लगाइएको छ। आउने दिनमा पनि हटाउँदै जाने छौँ,’ उनले भनिन्।
मंगलबार निर्वाचन आयोगद्धारा आयोजित मिडिया अभिमुखीकरण कार्यक्रमको समापनमा बोल्दै उनले यस्तो बताएकी हुन्।
निष्पक्ष पत्रकारिता लोकतन्त्रको खम्बा भएकाले मर्यादित र निष्ठ ढंगले निर्वाचनका विषयमा कलम चलाउन उनले सञ्चारकर्मीलाई आग्रह गरिन्।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम पौडेलले मिडियाले पत्रकार आचार संहिता र निर्वाचन आचारसंहिता पालना गर्दै स्वच्छ, स्वतन्त्र र भयरहित तथा मर्यादित रुपमा निर्वाचन गराउनमा सहयोगी भूमिका खेल्न आग्रह गरे। आचार संहिता पालना भए नभएको विषयमा अनुगमन गर्न जिल्ला तहदेखि केन्द्रसम्म संयन्त्र तयार भएको उनले बताए।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…