पीठाधीश शंकराचार्य निश्चलानन्द सरस्वतीको विराटनगरबाट बिदाइ

मोरङ– भारत जगन्नाथपुरीस्थित गोवर्द्धन मठका पीठाधीश जगतगुरु शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वतीलाई विराटनगरबाट बिदाइ गरिएको छ।

आइतबार बेलुका विराटनगरमा भक्तजनसँग सामिप्यता राख्दै विराटनगर आएका उनलाई मंगलबार दिउँसो मोरङको उर्लाबारीतर्फ बिदा गरिएको आयोजक कार्यसम्पादन समितिले जनाएको छ ।आयोजक समितिका कोषाध्यक्ष श्रवणकुमार अग्रवालका अनुसार शंकाराचार्य बुधबार झापाको बिर्तामोड र त्यसपछि भारततर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।

यसअघि मंगलबार विराटनगरस्थित अतिथी सदनमा शंकराचार्यसँग भक्तजनको भलाकुसारी भएको थियो। सो क्रममा भक्तजनले धर्म, आस्था, शान्ति जस्ता कुरामा आ–आफ्नो जिज्ञासा राखेका थिए। भक्तजनको जिज्ञासा मेटाउने क्रममा उनले हिन्दु धर्म सनातनी परम्परालाई तोड्न नहुनेमा जोड दिएका थिए।

सोमबार उनलाई विराटनगरवासीको तर्फबाट महानगरका मेयर भीम पराजुलीले र आयोजकतर्फबाट सुरेशकुमार शर्माले अभिनन्दन गरेका थिए। सो क्रममा शंकराचार्यले नेपालमा राजनीतिक मुद्दा बनाएर धर्मनिरपेक्ष गरिनु कलंक भएको उल्लेख गरेका थिए।

७९ वर्षका जगतगुरु शंकराचार्य गोवर्द्धन मठका १४५ औँ पीठाधीश हुन्। नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिनुलाई कसरी लिन सकिन्छ? भनेर राखिएको जिज्ञासामा उनले आगामी दिनको पहिचान बाटो नेपाली जनताले लिनुपर्ने उल्लेख गरेका थिए। उनले भने, ‘म यस विषयमा धेरै बोल्न चाहन्न। तर जनता स्वयंले यस विषयमा निर्णय लिनुपर्छ।

 

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago