मोरङ– भारत जगन्नाथपुरीस्थित गोवर्द्धन मठका पीठाधीश जगतगुरु शंकराचार्य स्वामी श्री निश्चलानन्द सरस्वतीलाई विराटनगरबाट बिदाइ गरिएको छ।
आइतबार बेलुका विराटनगरमा भक्तजनसँग सामिप्यता राख्दै विराटनगर आएका उनलाई मंगलबार दिउँसो मोरङको उर्लाबारीतर्फ बिदा गरिएको आयोजक कार्यसम्पादन समितिले जनाएको छ ।आयोजक समितिका कोषाध्यक्ष श्रवणकुमार अग्रवालका अनुसार शंकाराचार्य बुधबार झापाको बिर्तामोड र त्यसपछि भारततर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
यसअघि मंगलबार विराटनगरस्थित अतिथी सदनमा शंकराचार्यसँग भक्तजनको भलाकुसारी भएको थियो। सो क्रममा भक्तजनले धर्म, आस्था, शान्ति जस्ता कुरामा आ–आफ्नो जिज्ञासा राखेका थिए। भक्तजनको जिज्ञासा मेटाउने क्रममा उनले हिन्दु धर्म सनातनी परम्परालाई तोड्न नहुनेमा जोड दिएका थिए।
सोमबार उनलाई विराटनगरवासीको तर्फबाट महानगरका मेयर भीम पराजुलीले र आयोजकतर्फबाट सुरेशकुमार शर्माले अभिनन्दन गरेका थिए। सो क्रममा शंकराचार्यले नेपालमा राजनीतिक मुद्दा बनाएर धर्मनिरपेक्ष गरिनु कलंक भएको उल्लेख गरेका थिए।
७९ वर्षका जगतगुरु शंकराचार्य गोवर्द्धन मठका १४५ औँ पीठाधीश हुन्। नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिनुलाई कसरी लिन सकिन्छ? भनेर राखिएको जिज्ञासामा उनले आगामी दिनको पहिचान बाटो नेपाली जनताले लिनुपर्ने उल्लेख गरेका थिए। उनले भने, ‘म यस विषयमा धेरै बोल्न चाहन्न। तर जनता स्वयंले यस विषयमा निर्णय लिनुपर्छ।
काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…
टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…
विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…