किभ: दक्षिणी युक्रेनमा सेनाको ब्यारेकमा भएको हमलामा १०० जनाको हताहत भएको अनुमान गरिएको छ । युक्रेनको दक्षिणी माइकोलिभ शहरस्थित ब्यारेकमा भएको रुसी हमलामा १०० को हताहत भएको हुनसक्ने अधिकारीहरुलाई उदृत गर्दै एएफपीले जनाएको छ । विवरणहरु अनुसार ६ वटा रकेटहरू सो क्षेत्रमा प्रहार भएका थिए ।
‘एउटा विशाल बिस्फोट’, एक स्थानीय निकोलाईले एएफपीलाई भने । बिस्फोटले सो क्षेत्रका धेरै भवनहरु क्षतिग्रस्त बनेका छन् । ‘ब्यारेकमा २०० भन्दा कम सिपाही सुतेका थिएनन्’, २२ वर्षीय म्याक्सिमले भने । ब्यारेक नजिकै रहेका म्याक्सिन विनाशको मात्रा देखेर त्रसित छन् ।
‘कम्तीमा ५० शवहरु निकालिएका छन् । तर, भग्नावशेषमुनि कति छन् थाहा छैन’, उनले भने । अर्का सिपाही येभगेनीका अनुसार ब्यारेक हमलामा १०० जना मारिएका हुन सक्छन् । मृत्युबारे अहिलेसम्म आधिकारिक भनाइ सार्वजनिक भएको छैन ।
युक्रेनी अधिकारीहरूका अनुसार ओडेसाको प्रमुख रणनीतिक सैन्य बन्दरगाहको ‘ढाल’ को रूपमा वर्णन गरिएको माइकोलिभले रूसी आक्रमणको प्रतिरोध गर्दै आएको थियो । यसैबीच, युक्रेनको आक्रमणको २४औं दिनमा रुसी सेनाले युक्रेनका हातहतियार भण्डारहरूलाई लक्षित गर्दै धेरै शहरहरूमा आक्रमण गरेको छ ।
बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…
बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…