एमसीसी टेबल टेबल भएसंगै समर्थन र विरोधमा उत्रिए नेताहरु

काठमाडौंः प्रतिनिधिसभा बैठकमा बिहीबार विरोधका बीच अमेरिकी सहयोग परियोजना (एमसीसी) टेबल भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा एमसीसी पेस गरेका हुन्। यससँगै एमसीसी अनुमोदनका लागि प्रक्रियामा गएको छ। एमसीसी टेबल भएपछि नेताहरुले धारणा राखेका छन्।

 

प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी संसदबाट पारित हुने बताएका छन्। संसद बैठकपछि प्रधानमन्त्री देउवाले अब एमसीसी संसदबाट पास हुने बताए। तर, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी संसदमा पारित गर्न समर्थन नहुने बताए। उनले भने, ‘एमसीसी सदनमा टेबल भएको छ। पास गर्न समर्थन गर्न सकिँदैन।’

नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संघीय ऐन नबनाइकन जबरजस्ती एमसीसी टेबल गर्ने काम संविधानविरोधी भएको बताए। उनले भने, ‘एमसीसी करार सम्झौता हो। करार सम्झौतालाई अनुमोदन गर्ने भनेर अहिलेको सरकारले जुन ढंगले टेबल गर्न पुग्यो, एउटा महाशक्तिको दबाबको आधारमा। यो नेपालको लागि लज्जाको विषय हो।’

खनालले सम्पूर्ण नेपाली जनताको शिर निहुराउने काम नेताहरुले गरेको बताए। ‘म यसप्रति दुःख प्रकट गर्न चाहन्छु, खेद प्रकट गर्न चाहन्छु। करार सम्झौतालाई कुनै पनि देशको संसदबाट अनुमोदन गरिँदैन। जुन ढंगले नजिर बसाइयो। नेपाललाई ट्रयापमा पारिँदैछ। संघीय ऐन बनाएरमात्रै सन्धि सम्झौता अनुमोदन गर्नुपर्ने हुन्छ। संघीय ऐन नबनाइकन जबरजस्ती एमसीसी टेबल गर्ने काम गर्नु संविधानविरोधी काम हो।’

त्यस्तै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विरोधका बीच एमसीसी अघि बढ्ने बताएका छन्। उनले भने, ‘आजको छलफलमा नेकपा एमालेका सांसदले भाग लिनुभयो। मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, माओवादीका सांसदले भाग लिनुभयो। अब १२ गतेबाट सामान्य छलफल प्रारम्भ हुन्छ। छलफल आज जसरी भएको छ, त्यसैगरी गर्नुपर्छ। नाराबाजीका बीचमा पनि छलफल हुन्छ भन्ने कुरा त आज नाराबाजी गर्ने सांसदहरुले छलफलमा भाग लिएर पुष्टि गरिसक्नुभयो।’

उनले राष्ट्रघाति भन्ने सांसदहरुले आफ्ना अध्यक्षविरुद्ध नारा लगाउनुपर्ने बताए। ‘यो प्रस्ताव राष्ट्रघाति भन्ने हो भने माननीय भीम रावलले केपी ओली राष्ट्रघाति हो भनेर नारा लगाउनुपर्छ। एमसीसी राष्ट्रघाति भन्ने हो भने माओवादीका सांसदहरुले पुष्पकमल दाहाल मुर्दावाद भन्ने आँट गर्नुपर्छ।’

एमाले नेता भीम रावलले संघीय कानुन नबनाएरै संसदमा एमसीसी टेबल भएको भन्दै आपत्ति जनाए। संसद बैठकपछि रावलले एमसीसी टेबल गर्नु नेपालको सार्वभौमसत्ता र स्वाधीनताविरुद्ध बज्रपात भएको बताए। उनले भने, ‘सत्ता गठबन्धनको सहमति बेगर संघीय कानुन नबनाइकन संसदमा टेबुल भएको छ। एमसीसी टेबुल गर्नु नेपालको सार्वभौमसत्ता र स्वाधीनताविरुद्ध बज्रपात हो। राष्ट्रघाति क्रियाकलाप गर्ने, विदेशको अगाडि लम्पसार पर्ने र नेपालको संविधानमाथि ठूलो आघात हो।’

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago