असिनापानीले पोखराको सडक अवरुद्ध (तस्बिरहरु)

२०७८, ८ फाल्गुन आईतवार १९:३८

काठमाडौँ– आइतबार पोखरामा भीषण असिना परेको छ। असिना–पानीले पोखराको सडक अवरुद्ध भएको थियो।

पोखराको न्यूरोड, चिप्लेढुंगा, बगर, अमंरसिह चेकको भागमा असिनाले छपक्कै छोपेको थियो। गुडिरहेका बसहरु रोकिएका थिए, बाटो हिँडिरहेका मान्छेहरु ओत बसेका थिए।

सडकमा व्यापार गरेर बसेका मानिसहरु बिचल्लीमा परे। बिहानैदेखि मौसम अध्यारो भएपनि यति धेरै असिना पानी आउने आँकलन नभएकाले पोखराका बजार क्षेत्र अवरुद्ध भएको हो। असिनाले जनजीवन साथै व्यापार व्यवसाय प्रभावित भएको छ।

बाटोमा असिनाका थुप्रोले गर्दा यातायातका साधन चिप्लिने डर भएपछि प्रहरी र ट्राफिक प्रहरीले यातायातलाई व्यवस्थित गरी रोकिएको छ।

त्यस क्षेत्रमा चार इन्चदेखि एक फिटसम्म असिना जमेको थियो।

Comments

ताजा खबर

    सम्बन्धित शीर्षकहरु