नेप्से घट्ने क्रम जारी, कारोबार रकम बढ़ने क्रम जारी

गत साताको बुधबारदेखि निरन्तर ओरालो लागिरहेको नेप्सेले यस साताको पहिलो कारोबार दिन पनि निरन्तरता दिएको छ।

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३९.४० अंक घटेर २६९३.१० विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ४.९९ अंक, फ्लोट इण्डेक्स ३.०५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३७ अंक घटेको छ।

नेप्से सूचक ओरालो लागेपनि यस दिन कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ। गत बिहीबार सवा २ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २३० कम्पनीको ५७ हजार ४ पटकको कारोबारमा ४ अर्ब ८ करोड ६४ लाख ७४ हजार रुपैयाँ बराबरको ७१ लाख २२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आइतबार कारोबारमा आएको युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावरको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य १० प्रतिशत अर्थात ६९ रुपैयाँ बढेर ७५९ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन तेह्रथुम पावर कम्पनीको शेयरमूल्य ८.६४ प्रतिशत बढेको छ भने सामलिङ पावर कम्पनीको ६.५५ प्रतिशत र नेपाल फाइनान्सको ४.१८ प्रतिशत बढेको छ। यस दिन नारायणी डेभलपमेन्ट बैंक, युनाइटेड इन्स्योरेन्स, रुरु जलविद्युत कम्पनी र प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन जीवन विकास लघुवित्त शीर्ष स्थानमा रहेको छ। लघुवित्तले लाभांश वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु यसतर्फ आकर्षित भएका हुन्। सो लघुवित्तको यस दिन ५८ करोड २ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल टेलिकमको १९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन अन्य उपसमूहको परिसूचक बाहेक सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक ०.४२ प्रतिशत बढेको छ। यस दिन वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ। त्यसैगरी, बैंकिङ्ग, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, लघुवित्त, म्युचुअल फण्ड र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Sanjay poudyal

Recent Posts

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago

नेपालको पहिलो महिला प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शीतनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण…

56 years ago

खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

२५ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । विमानस्थल सुरक्षा समितिको बैठकले…

56 years ago