नेप्से घट्ने क्रम जारी, कारोबार रकम बढ़ने क्रम जारी

गत साताको बुधबारदेखि निरन्तर ओरालो लागिरहेको नेप्सेले यस साताको पहिलो कारोबार दिन पनि निरन्तरता दिएको छ।

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ३९.४० अंक घटेर २६९३.१० विन्दुमा झरेको छ। यस दिन सेन्सेटिभ इण्डेक्स ४.९९ अंक, फ्लोट इण्डेक्स ३.०५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.३७ अंक घटेको छ।

नेप्से सूचक ओरालो लागेपनि यस दिन कारोबार रकम भने अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ। गत बिहीबार सवा २ अर्बको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २३० कम्पनीको ५७ हजार ४ पटकको कारोबारमा ४ अर्ब ८ करोड ६४ लाख ७४ हजार रुपैयाँ बराबरको ७१ लाख २२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आइतबार कारोबारमा आएको युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावरको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको शेयरमूल्य १० प्रतिशत अर्थात ६९ रुपैयाँ बढेर ७५९ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसैगरी, यस दिन तेह्रथुम पावर कम्पनीको शेयरमूल्य ८.६४ प्रतिशत बढेको छ भने सामलिङ पावर कम्पनीको ६.५५ प्रतिशत र नेपाल फाइनान्सको ४.१८ प्रतिशत बढेको छ। यस दिन नारायणी डेभलपमेन्ट बैंक, युनाइटेड इन्स्योरेन्स, रुरु जलविद्युत कम्पनी र प्रिमियर इन्स्योरेन्सको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन जीवन विकास लघुवित्त शीर्ष स्थानमा रहेको छ। लघुवित्तले लाभांश वितरण गर्ने घोषणा गरेसँगै लगानीकर्ताहरु यसतर्फ आकर्षित भएका हुन्। सो लघुवित्तको यस दिन ५८ करोड २ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेपाल टेलिकमको १९ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने अरुण भ्याली हाइड्रोपावरको १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

१३ उपसमूहमध्ये यस दिन अन्य उपसमूहको परिसूचक बाहेक सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन अन्य उपसमूहको परिसूचक ०.४२ प्रतिशत बढेको छ। यस दिन वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन र जीवन बीमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ। त्यसैगरी, बैंकिङ्ग, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, लघुवित्त, म्युचुअल फण्ड र लगानी उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

Sanjay poudyal

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago