कांग्रेस पाल्पाले पुराना कार्यकर्तालाई सम्मान गरेकोछ ।

पाल्पा — नेपाली कांग्रेस पाल्पाले जिल्लाका १० स्थानीय तहअन्तर्गत ७८ वडाका २ हजार पुराना कांग्रेस कार्यकर्तालाई एकै पटक शनिबार सम्मान गरेको छ । तानसेन नगरपालिकाको वडा ४, ११ र १३ बाहेक सबै वडामा प्रजातन्त्र दिवस मनाउने कार्यक्रममा पुराना कांग्रेस कार्यकर्तालाई सम्मान गरेको हो ।

कांग्रेस पाल्पाले निरंकुश पञ्चायती व्यवस्थाविरुद्धका विभिन्न आन्दोलन, २०४२ सालको सत्याग्रह, २०४६ को प्रजातान्त्रिक आन्दोलनमा सहभागी पुराना नेता तथा कार्यकर्तालाई सम्मानपत्र र दोसल्लाले सम्मान गरेको छ । जिल्लाका पार्टी सभापति हिमालदत्त श्रेष्ठका अनुसार २०६२/६३ सालको लोकतान्त्रिक आन्दोलन, कांग्रेस स्थापनाकालदेखि जेल/गिरफ्तारी, जनमुखी कार्यक्रम, निर्वाचनहरूमा कांग्रेसको पक्षमा निरन्तर क्रियाशील रहेका कांग्रेस कार्यकर्ताहरूलाई सम्मान गरिएको हो ।

कांग्रेसका ज्येष्ठ क्रियाशील सदस्य/सभापति, पूर्वसभापति, नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, साविकको गाविसअध्यक्ष, उपाध्यक्ष वा उम्मेदवार भई योगदान गर्नेहरुलाई समेत सम्मान गरिएको उनले बताए ।योसँगै कांग्रेसले ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको समेत सुरुवात गरेको छ । सभापति श्रेष्ठले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै अभियान सुरु गरिएको जानकारी दिए ।

यही अवसरमा जिल्लाभरका प्रतिबन्धित अवस्थामा काम गरेका, ज्येष्ठ द्वन्द्व पीडितहरूको अभिलेखीकरण गरिएको छ । विकास निर्माण र पूर्वाधारको अवस्था मूल्याङ्कन गर्ने काम भएको छ । निर्वाचिन जनप्रतिनिधिको भूमिका मुल्याङ्कन गर्ने कार्यमा समेत जिम्मेवारी दिएका प्रतिनिधिले काम गर्ने तानसेन नगरपालिका–१२, बौघापोखराथोकमा खटिएका प्रेस युनियन सभापति भरत शर्माले जानकारी दिए ।

Comments
Bishawas Acharya

Recent Posts

“सरकारलाई चुनौती: रवि लामिछानेको ‘मान्छे बेचेर होइन, बचाएर आएको’ भनाइ”

"रवि लामिछानेले भने: 'धरपकड सह्य नहुने, म राजनीति बचाउन आएको हुँ'" राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति…

55 years ago

“साइबर अपराधमा दुर्गा प्रसाईंको पक्राउ: अदालतले अनुसन्धानका लागि ३ दिनको म्याद दियो”

काठमाडौं – साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडाैं जिल्ला अदालतले थुनामा…

55 years ago

“एमाले र बालेन: शब्दयुद्ध होइन, काममा प्रतिस्पर्धा जरुरी – शेरबहादुर तामाङ”

काठमाडौँ – नेकपा एमालेका नेता तथा पूर्वमन्त्री शेरबहादुर तामाङले धरहराको सञ्चालनको सम्पूर्ण जिम्मा काठमाडौँ महानगरलाई…

55 years ago

लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको नाचघरमा स्थलगत र प्राविधिक कामहरू धमाधम

सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) मा लोक गायक रामचन्द्र चन्दको सांगीतिक साँझको  स्थलगत र प्राविधिक कामहरू…

55 years ago

मिस्टर काठमाडौंको उपाधि जितेको ४ दिनमै प्रकाशको हृदयघातका कारण निधन

काठमाडौं, पाँचौ मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ । गत शनिबारमात्र…

55 years ago

नेपाली ब्यवसायी संघ जापानको दोस्रो अधिवेशनको तयारी पुरा ।

टोकियो । जापानमा नेपाली ब्यवसायीहरुको संस्था नेपाली ब्यवसायी संघ (NBA) जापानमाम दोस्रो अधिवेशनको तयारी अन्तिम…

55 years ago