कांग्रेस पाल्पाले पुराना कार्यकर्तालाई सम्मान गरेकोछ ।

पाल्पा — नेपाली कांग्रेस पाल्पाले जिल्लाका १० स्थानीय तहअन्तर्गत ७८ वडाका २ हजार पुराना कांग्रेस कार्यकर्तालाई एकै पटक शनिबार सम्मान गरेको छ । तानसेन नगरपालिकाको वडा ४, ११ र १३ बाहेक सबै वडामा प्रजातन्त्र दिवस मनाउने कार्यक्रममा पुराना कांग्रेस कार्यकर्तालाई सम्मान गरेको हो ।

कांग्रेस पाल्पाले निरंकुश पञ्चायती व्यवस्थाविरुद्धका विभिन्न आन्दोलन, २०४२ सालको सत्याग्रह, २०४६ को प्रजातान्त्रिक आन्दोलनमा सहभागी पुराना नेता तथा कार्यकर्तालाई सम्मानपत्र र दोसल्लाले सम्मान गरेको छ । जिल्लाका पार्टी सभापति हिमालदत्त श्रेष्ठका अनुसार २०६२/६३ सालको लोकतान्त्रिक आन्दोलन, कांग्रेस स्थापनाकालदेखि जेल/गिरफ्तारी, जनमुखी कार्यक्रम, निर्वाचनहरूमा कांग्रेसको पक्षमा निरन्तर क्रियाशील रहेका कांग्रेस कार्यकर्ताहरूलाई सम्मान गरिएको हो ।

कांग्रेसका ज्येष्ठ क्रियाशील सदस्य/सभापति, पूर्वसभापति, नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, साविकको गाविसअध्यक्ष, उपाध्यक्ष वा उम्मेदवार भई योगदान गर्नेहरुलाई समेत सम्मान गरिएको उनले बताए ।योसँगै कांग्रेसले ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियानको समेत सुरुवात गरेको छ । सभापति श्रेष्ठले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै अभियान सुरु गरिएको जानकारी दिए ।

यही अवसरमा जिल्लाभरका प्रतिबन्धित अवस्थामा काम गरेका, ज्येष्ठ द्वन्द्व पीडितहरूको अभिलेखीकरण गरिएको छ । विकास निर्माण र पूर्वाधारको अवस्था मूल्याङ्कन गर्ने काम भएको छ । निर्वाचिन जनप्रतिनिधिको भूमिका मुल्याङ्कन गर्ने कार्यमा समेत जिम्मेवारी दिएका प्रतिनिधिले काम गर्ने तानसेन नगरपालिका–१२, बौघापोखराथोकमा खटिएका प्रेस युनियन सभापति भरत शर्माले जानकारी दिए ।

Bishawas Acharya

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ

काठमाडौँ –  पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन्। उनलाई सिआइबीको टोलीले शनिबार बिहान गुण्डुबाट…

56 years ago

जरुरी पक्राउ पुर्जीका आधारमा रमेश लेखक पक्राउ

काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेका छन्। नेपाल प्रहरी को…

56 years ago

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago