काठमाडौ : भारतबाट आयात भएका फलफूल तथा तरकारीमा वि’षादी पाइएको छ । भारतसँग सीमा नाकामा रहेका सातवटा वि’षादी अवशेष द्रुत परीक्षण प्रयोगशालामा पछिल्लो तीन महिनामा भारतबाट आयात गरिएका फलफूल र तरकारीको छवटा नमुनामा खान नहुने विषादी प्रयोग भएको पाइएको हो ।
नेपाल भित्र्याइएका १८ हजार ८२६ वटा नमुनाको परीक्षण गर्दा जुनार, केरा, चुकन्दर, तथा आलुुको छवटा नमुनामा खान नहुने रासायनिक विषादी प्रयोग भएको पाइएको छ ।यस्तै नौवटा नमुनामा केही दिन पर्खेर मात्रै खान हुने वि’षादी पाइएको खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । विभागले शुक्रबार राजधानीमा आयोजना गरेको विभागको दोस्रो त्रैमासिक तथा अर्धवाषिक प्रगति विवरण सार्वजनिक गर्दै सोबारेमा जानकारी गराएको हो ।गएको कात्तिक १ गतेदेखि काँकडभिट्टा, विराटनगर, जलेश्वर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, धनगढीका नाकामा प्रयोगशाला स्थापना गरी भारतबाट ल्याइएका तरकारी तथा फलफूलमा जीवनाशक वि’षादीको द्रुत परीक्षण कार्यक्रम सञ्चालन गर्दै आएको विभागका महानिर्देशक डा। मतिना जोशी वैद्यले जानकारी दिइन् । द्रुत परीक्षणको पूर्ण विवरणसहित भन्सार कार्यालयमै पठाउने गरेको जानकारी दिँदै उनले भनिन्, “कैफियत भेटिएका तरकारी तथा फलफूल रिपोर्ट हेरेर न’ष्ट गर्ने वा भन्सार पास गर्ने अधिकार सबै भन्सार कार्यालयलाई छ । हाम्रा साथीले रिपोर्ट दिनुहुन्छ, त्यो के गरियो भन्ने हामीलाई जानकारी हुँदैन ।”आजको गोरखापत्र दैनिकमा समाचार छ ।

Kamal Panthi

Recent Posts

नाईमा द्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई पुनर्निर्माण तथा सामग्री सहयोग

काठमाडौँ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यान्युफ्याक्चरर्स एसोसिएसन (नाईमा) ले गत भदौ २३ र २४…

56 years ago

टोकियोमा सज्जनराज वैद्यको लाइभ कन्सर्ट हुने

टोकियो - पछिल्लो समयमा नेपालमा खासगरी युवा पुस्तामाझ अत्यधिक रुचाईएको साँगीतिक 'ब्याण्ड सज्जनराज वैद्य' को…

56 years ago

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago