युक्रेनमा हमला गर्ने निर्णय गरिसकेको बाइडेनको दाबी

न्युयोर्क: अमेरिकी राष्ट्रपति जोन बाइडेनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गर्ने निर्णय गरिसकेको दाबी गरेका छन् ।

रुसले आगामी जुनसुकै दिनमा हमला गर्न सक्ने उनले बताएका छन् । रुसले सुरुमा युक्रेनको राजधानी किभलाई पहिलो निशाना बनाउन सक्ने उनको भनाई छ ।

‘मलाई यो विश्वास छ की उनले निर्णय गरेका छन्,’ राष्ट्रपति पुटिनलाई संकेत गर्दै बाइडेनले भने । तर, रुसले युक्रेनमा आक्रमणको कुनै योजना नभएको बताउँदै आएको छ ।

यसैबीच, पूर्वी युक्रेनमा बिखन्डनकारीहरुको क्षेत्रमा सेनाले गोलाबारी गरेपछि त्यस क्षेत्रका स्थानीय रुसतर्फ लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्महरुले जनाएका छन् ।

रुस र युक्रेनको सीमामा ठूलो संख्यामा युक्रेनी जम्मा भएको र उनीहरुलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सीमा नजिकै शरणार्थी शिविरहरू स्थापना गर्न र आपतकालीन सहायता गर्न आदेश दिएको रुसी प्रशासन केन्द्र क्रेमलिनले जनाएको छ ।

Kamal Panthi

Recent Posts

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago

मध्यरातमै प्रतिनिधिसभा विघटन, फागुन २१ मा आमनिर्वाचन घोषणा

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा शुक्रबार मध्यरातमा प्रतिनिधिसभा विघटनको घोषणा…

56 years ago