सन् १९४५ पछिकै ठूलो युद्धको योजना बुनिरहेको आरोप

लन्डन: बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले रुसले युरोपमा सन् १९४५ पछिकै ठूलो युद्धको योजना बुनिरहेको आरोप लगाएका छन् । बीबीसीसँगको एक अन्तर्वार्तामा प्रधानमन्त्री जोनसनले भने, ‘ सबै संकेतहरू यस्ता छन कि योजना केही अर्थमा सुरु भइसकेको छ । ’

रुसले राजधानी किभलाई घेरा हालेर युक्रेनमा आक्रमण गर्न खोजेकोे गुप्तचरले जानाकारी दिएको उनले बताए । ‘मानिसहरुले मानव जीवनको मूल्य बुझ्न आवश्यक छ,’ प्रधानमन्त्रीले थपे ।

रुसी आक्रमण हुनै लागेको हो त भन्ने बीबीसीको जिज्ञासामा प्रधानमन्त्री जोनसनले भने, ‘मलाई डर छ, जसलाई प्रमाणले इंगित गरेको छ । ’

‘तथ्य यो हो कि योजना पहिले नै केही इन्द्रियहरूमा सुरु भइसकेको छ ।’ उनले अगाडि थपे ।

करिब १ लाख ६९ हजार देखि १ लाख ९० हजार रुसी सेना युक्रेनको सीमामा रहेको अमेरिकाले पछिल्लो पटक अनुमान गरेको छ । तर, यो तथ्यांकमा पूर्वी युक्रेनमा सरकारविरुद्ध विद्रोह गरिरहेका विद्रोही पनि पर्छन् ।

रसियाले जुनसुकै बेला युक्रेनमा हमला गर्न सक्ने पश्चिमा मुलुकहरुले सावधानी दर्शाउँदै आएका छन् ।तर, रसियाले ती देशको दाबी अस्वीकार गर्दै आएको छ । आफूहरुलै सैन्य अभ्यास गरेको रुसको भनाई छ ।

‘मलाई यो भन्न डर छ की जुन योजना हामीले देखिरहेका छौ, त्योे वास्तवमा आकारका हिसाबले युरोपमा सन् १९४५ पछिकै ठूलो युद्ध हुन सक्छ,’ जोनसनले भने । युक्रेनको सम्भावित हानीबारे मात्र नभएर मानिसहरुले युवा रसियालीको बारेमा पनि सोच्नुपर्ने आवश्यकता भएको उनले बताए ।

अमेरिकी राष्ट्रपति जोन बाइडेनले रसियाली फौज युक्रेनको पूर्वी क्षेत्र र विद्रोहीको पकड रहेको दोनबासबाट मात्र नभई बेलारुसको तल्लो भाग र राजधानी किभ वरपरको क्षेत्रबाट युक्रेन प्रवेश गर्ने योजनामा रहेको पश्चिमा नेताहरुलाई जानाकारी दिएकोसमेत प्रधानमन्त्री जोनसनले बताए । बाइडेनले गुप्तचर सूचनाका आधारमा पश्चिमेली देशका नेताहरुलाई सो जानाकारी दिएका थिए ।

Kamal Panthi

Recent Posts

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक, पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…

56 years ago

लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा, चितवनका नारायण (नरन) पौडेल पनि फाइनल प्रतिस्पर्धामा

काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…

56 years ago

भारतीय प्रधानमन्त्री मोदीसँग बालेन र रविको फोन संवाद गरे

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…

56 years ago

समानुपातिक मतगणनामा रास्वपा पहिलो, कांग्रेस र एमाले पछ्याउँदै

काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…

56 years ago

बालेन्द्र शाहले बुझाए चुनावी खर्च, १४ लाख १७ हजार खर्च भएको जानकारी

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…

56 years ago

राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यको आज शपथग्रहण

काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…

56 years ago