काठमाडौं: संघीय संसद्मा प्रतिनिधित्व गर्ने राष्ट्रिय जनमोर्चा नेपालसहित साना ६ घटक बामपन्थी दलले एमसीसीविरुद्धको सडक संघर्ष निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोलनलाई आज पनि निरन्तरता दिने भएका छन् ।
चित्रबहादुर केसी नेतृत्वको राजमो नेपालसहित मोहन वैद्य किरणको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित साना बामपन्थी दलले एमसीसीविरुद्धको आन्दोलन निर्णायक मोडमा पुगेको भन्दै सडक आन्दोललाई निरन्तरता दिने भएका हुन् ।
‘नेपाली जनताको एमसीसीविरुद्धको संघर्ष गम्भीर मोडमा पुगेको निष्कर्ष बैठकले निकालेको छ’ भन्ने उल्लेख गर्दै साना बामपन्थी दलले अमेरिकन राजदुत र्यान्डी बेरीको टविट, चीनका बिदेश विभागको पत्रकार सम्मेलनवाट ब्यक्त धारणा र देउवा सरकारको एमसीसी संसदमा टेबुल गनगरी पारित गराउने अन्तिम कसरतले उक्त विषयलाई पुष्टि गरेको साना बामपन्थी दलको निष्कर्ष रहेको छ ।
काठमाडौं उपत्यकामा माइतिघर मण्डलावाट विरोध प्रदर्शनसहित नयाँ वानेश्वरस्थित संसद् भवन घेराउ गर्ने देखी देशव्यापीरूपमा सवै जिल्लामा जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम तय गरेको छ । जसअनुसार आज साना बामपन्थी दलले देशैभरी विरोध प्रदर्शन गर्नेछन् ।
काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पितृ शोक परेको छ। उनका पिता…
काठमाडौं । नेपालको पहिलो प्रतिस्पर्धात्मक राष्ट्रियस्तरको लोकदोहोरी गायन रियालिटी शो ‘लोकदोहोरी स्टार सिजन–१’ अन्तिम चरणमा…
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ…
काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ हालसम्म एक करोड दुई लाख ५३ हजार ३७७ मतगणना सम्पन्न…
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले निर्वाचन आयोगमा आफ्नो…
काठमाडौँमा आज राष्ट्रियसभाका नवनिर्वाचित १८ सदस्यले शपथ लिने कार्यक्रम तय गरिएको छ। सङ्घीय संसद् सचिवालयका…