बढी सुत्नाले यी ५ गम्भिर रोगको खतरा, तुरुन्त बदल्नुहोस् बानी

काठमाडौं: धेरैजसो मानिसहरूलाई छुट्टीको समयमा ढिलासम्म सुत्न मन पर्छ । तर समस्या तब हुन शुरु हुन्छ जब तपाईलाई ढिलासम्म सुत्ने आदत लाग्नछ । र बिस्तारै तपाइँ स्वास्थ्य समस्याहरु बाट परेशान हुन थाल्नुहुन्छ। हो, एक लामो समयका लागि मोटोपन जस्तै सुगर जस्ता समस्याले तपाईलाई घेर्न थाल्छ । धेरै समयसम्म सुत्नाले केके स्वास्थ्य समस्या हुन्छ ।
मधुमेह: लामो समयसम्म सुत्नुले व्यक्तिको शारीरिक गतिविधि घटाउँछ र उसको चिनीको स्तर बढ्ने खतरा बढ्छ। पीएलओएस जर्नलमा प्रकाशित एक अध्ययन अनुसार ९ घन्टाभन्दा बढी सुत्नाले व्यक्तिको शरीरमा चिनीको खतरा बढ्छ। मुटु रोग: अमेरिकन एकेडेमी अफ स्लीप मेडिसिनमा प्रकाशित एक अध्ययन अनुसार धेरै सुत्दा मुटु रोगको खतरा बढ्छ। यस अध्ययनका अनुसार ९ देखि ११ घण्टा सुत्ने महिलाहरुमा मुटुरोगको सम्भावना ३८ प्रतिशतबढीले बृद्धि हुन्छ ।

डिप्रेसनको सम्भावना: तपाइँलाई यो कुराले आश्चर्यचकित बनाउँछ कि धेरै सुत्नु पनि डिप्रेसनको कारण हुन सक्छ । हालै प्रकाशित पीएलओएसमा प्रकाशित अध्ययनका अनुसार धेरै सुत्नु डिप्रेसनको कारण बन्न सक्छ । यो मात्र हैन, लामो समयसम्म सुत्दा व्यक्तिको दिमाग पनि सुस्त हुन्छ । दैनिक काममा पनि उसको मन लाग्दैन ।

ढाड दुख्नु:जो मानिसहरू एक कुर्सीमा बसेर घण्टौसम्म काम गर्दछन्, यदि उनीहरु लामो समयसम्म सत्दा पिठ्यू, गर्धन र काँध दुख्ने समस्या हुन सक्छ। मोटोपन: लामो समयसम्म सुत्नका लागि शारीरिक गतिविधि नगण्य हुन्छ। व्यक्ति आफ्नो अधिकांश समय खाने, बस्ने वा सुतेर बिताउँछ। जसले मोटोपन बढ्ने समस्या निम्त्याउँछ । यति मात्र होइन, यसको कारणले पाचन प्रक्रिया पनि सुस्त हुन थाल्छ र कब्जियतको समस्याले पनि मानिसलाई दुःख दिन थाल्दछ ।

Kamal Panthi

Recent Posts

नव आदर्श टोल विकास संस्थाद्वारा ह्विल चेयर वितरण

विर्तामोड, झापा — नव आदर्श टोल विकास संस्थाले सामाजिक उत्तरदायित्वका भावना सहित समाजसेवामूलक अभियान अन्तर्गत…

56 years ago

“स्वास्थ्यका लागि खेलकुद : चौथो बिर्तामोड रन २०८२ सफलतापूर्वक सम्पन्न, नरेन्द्रसिंह राउत र पुष्पा शेर्मा लिम्बू बने विजेता”

बिर्तामोड, झापा — स्वास्थ्यका लागि खेलकुद, लागूऔषधमुक्त समाज र लैङ्गिक समानता प्रवर्द्धन गर्ने उद्देश्यका साथ…

56 years ago

बिर्तामोड–३ मा चट्याङ लागेर महिलाको मृत्यु, स्थानीयको सहयोगमा परिवारलाई राहत सामग्री हस्तान्तरण

बिर्तामोड–३ स्थित मुसहर बस्तीकी ३५ वर्षीया दिलकुमारी ऋषिदेवको चट्याङ लागी मृत्यु भएको छ। बाख्रा लिन…

56 years ago